Saturday, November 8, 2014

इरानमा कुकुर मनपराउनेले ७४ कोर्रा खानुपर्ने नयाँ कानुन बन्ने तयारी

तेहरान, कार्तिक २२ – इरानमा कट्टरपन्थी सांसदहरूले घरमा कुकुर पाल्न तथा उनीहरूलाई लिएर सार्वजनिक रूपमा हिँड्न प्रतिबन्ध लगाउने कानुन बनाउने योजना बनाएका छन् भने यसबाट यो कानुन तोड्ने कुकुर पनपराउने व्यक्तिले ७४ कोर्रा खानुपर्ने अवस्था सिर्जना हुनेछ ।
यससम्बन्धी एक मस्यौदा कानुनलाई मुलुकको परम्परावादीको प्रभावमा रहेको संसदका सदस्यले हस्ताक्षर गरेका छन् । यस मस्यौदामा कानुन तोड्ने व्यक्तिलाई ठूलो रकम जरिवाना गरिने व्यवस्था भएको सुधारवादी समाचारपत्र सर्घले जानकारी दिएको छ ।
इस्लामी परम्परामा कुकरलाई फोहोरी जनावर मानिन्छ र यसलाई सामान्य जनावरको रूपमा लिइन्न । यसो भए पनि केही व्यक्ति र विशेष गरी धनीले यसलाई घरमा ढोका बन्द गरेर पाल्छन् र यसलाई लिएर बाहिर जान्छन् ।
इरानको नैतिकता प्रहरीलाई सार्वजनिक स्थानमा तैनाथ गरिन्छ र उनीहरूले यसअघि कुकुर लिएर हिँड्ने व्यक्तिलाई रोकेका थिए भने उनीहरूलाई सावधान बनाउने वा यस जनावरलाई जफत गरिदिने गरेका थिए ।
नयाँ कानुन संसदमा पारित भएमा कुकुरसम्बन्धी गल्ती गर्ने व्यक्तिले कोर्रा वा एक करोड देखि १० करोड रियालसम्म जरिवाना भोग्नुपर्ने हुनसक्छ ।
इस्लामी इरानमा कुकुरलाई थपथपाउनु वा उनीहरूको ¥यालको सम्पर्कमा आउनुबाट मानिसको शरीर अशुद्ध हुने धारणा राखिन्छ ।
मस्यौदा कानुनमा सार्वजनिक स्थलमा कुकुर वा बाँदर जस्ता जनावर लिएर हिँड्ने व्यक्तिले इस्लाम संस्कृतिमा क्षति पु¥याउनुका साथै सफाइ तथा विशेष गरी महिला तथा बालबालिकाको शान्ति भङ्ग गर्ने भएको उल्लेख गरिएको छ ।
यसरी जफत गरिएका जनावरलाई चिडियाखाना, वन जङ्गलमा छोडिन्छ ।
इरानको संसदका कट्ठरपन्थी सदस्यहरू स्याटलाइट टेलिभिजन तथा इन्टरनेटबाट हुने पश्चिमी सभ्यताको अतिक्रमणबाट चिन्तत छन् । इरानमा कुकर पाल्नु पनि गैरइस्लामी मानिन्छ ।
यस कानुनमा प्रहरी, किसान तथा शिकारीलाई भने उन्मुक्ति दिइएको छ । यो कानुन तेहरान जस्ता ठूला सहरमा अपार्टमेन्टमा बस्ने कुकुरधनीप्रति लक्षित रहेको बताइएको छ ।
इरानका वरिष्ठ अधिकारीहरूले कुकुर पाल्ने कुरालाई चेतावनी दिएका छन् । विशेष गरी इरानका प्रहरी प्रमुख जनरल इस्माइल अहमादी मोघादामले दुई वर्ष अगाडि आफ्ना अधिकारीहरूले सार्वजनिक रूपमा कुकर लिएर हिँड्ने व्यक्तिमाथि कारबाही गर्ने बताउनुभएको थियो ।
यस्तै कानुन तीन वर्ष अगाडि पनि प्रस्तुत गरिएको थियो । उक्त विधेयकमा अध्ययन गरेपछि २९० स्थानको संंसदले त्यसलाई अस्वीकार गरेको थियो । रासस÷एएफपीhttp://edailynewsnepal.blogspot.co.il/

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस