Thursday, November 13, 2014

आँखाबाट १५ इन्चको काठको चोइटा छिरेर घाँटीबाट निस्किएपछि….

पोल्याण्डमा बस्दै आएका ४० वर्षीय पडविन्सिकी ठुलो दुर्घटनाबाट बाँचेका छन् । उनको आँखाको केही भाग तलबाट काठको चोइटा छिरेर घाँटीबाट निस्किएको थियो । अस्पतालमा भर्ना गरिएका पडविन्सिकीको अनुहारमा छिरेको काठको चोइटा धेरै मुस्किलले निकालिएको हो ।

आफ्नो घर मर्मत गर्ने क्रममा छानाबाट खसेपछि काठको चोइटा उनको आँखाको केही भाग तलबाट छिरेर घाँटीबाट बाहिर निस्किएको थियो । यो दृश्य देखिरहेका केही मानिसले स्वयमसेवकलाई बोलाएका थिए । लगत्तै उनलाई अस्पतालमा भर्ना गरियो । उक्त अस्पतालमा एक्स–रे मेसिनमा उनलाई राख्न नसकिएपछि उनलाई अर्को अस्पतालमा रिफर गरियो । बेहोस अवस्थामा रहेका उनको बाँच्ने आशा कमै मात्र थियो । तर, लामो शल्यक्रिया पछि उनको अनुहारमा रहेको काठको चोइटा निकाल्न डाक्टरहरु सफल भए । डाक्टरहरु पनि उनी बाँच्न सफल भएकोमा चमत्कार नै भएको बताउँछन् ।/www.zestkhabar.com/

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस