Friday, November 7, 2014

६ वर्षीया बालिकाको बलात्कारपछि हत्या

पाकिस्तान, कात्तिक २१ – दक्षिणपश्चिम पाकिस्तानमा प्रहरीका एक समूह एक छ वर्षीया बालिकाको बलात्कारपछि गरिएको हत्याको अनुसन्धान जारी राखेका छन् । ती बालिकालाई मारेर फोहोरको थुप्रौनजिकै
फ्याँलिएको अवस्थामा प्रहरीले फेला पारेका जनाइएको छ । प्रहरीद्धारा जारी अनुसन्धानमा ती बालिकामाथि बलात्कार भएको र त्यसपछि हत्या गरिएको प्रष्ट भएको छ । उत्तरपश्चिम पाकिस्तानको प्रायः अशान्त भइरहने बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटाको सहारा बतोल इलाकामा गत बुधबार उक्त बालिकाको शव प्रहरीले फेला पारेका थिए । सहारा बतोल इलाकामा हजारा प्रजातीय समूहको बलियो प्रभाव रहेको जनाइएको छ । हजारा प्रजातीयहरुमा प्रायः जसो सिते मुसलमान समूदायमा रहेका छन् । बलुचिस्तान प्रान्तमा हालका केही वर्षयता सुन्नी मुसलमान अतिवादी समूहको नेतृत्वमा बढ्दो रुपमा हिंसाहरु भइरहेको पाइन्छ । बालिका हत्या अनुसन्धानमा संलग्न बलुचिस्तान प्रान्तका प्रहरी इन्स्पेक्टर जरनल आम्लास खानले ‘यो एक घृणित अपराध हो र यस अनुसन्धानको लागि प्रहरी आफ्नो सबै प्रयास अपनाउने छ ’ एएपपी समाचार समितिलाई बताएका छन् । www.ratopati.coma

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस