Friday, November 7, 2014

युवतीको रोजाइमा चिटीक्क पुरुषभन्दा दाह्रीवाल बढी

काठमाडौँ-एउटा समय थियो जतिबेला दारीजुँगा पालेकालाई छोरी दिनुहुन्न भन्ने चलन थियो । तर अहिले बाबुआमाले छोराछोरीका लागी सोचेर बस्ने समय गएसँगै तरुनी छोरीहरुले आफै दाह्रीवाल केटा मानिस खोज्न थालेका छन् । हालै गरिएको एक अध्ययनले के बताएको छ भने महिलाहरु प्रेम, सेक्स र बिबाहको लागि त्यस्ता पुरुषलाई बढी मन पार्छन वा रुचाउछन जस्को अनुहारमा हल्का दाढी हुन्छ ।


बेलायतका अनुसन्धानकर्ताहरुले अध्ययनमा के पाए भने महिलाहरु जुंगा दाढी सफाचट काट्ने र पाल्ने पुरुषहरु भन्दा हल्का दाढी पालेका पुरुषहरुप्रति आकर्षित हुन्छन् । उनिहरु प्रेम, सेक्स र बिबाहका लागि हल्का दाढी भएका पुरुषहरुको खोजीमा रहन्छन् ।

बेलायती अखवार ‘द सन्डे टेलिग्राफ’मा लीड रिसर्चर र नोथ्रम्बिया युनिवसर्िटीका डाक्टर निक नीवको भनाईलाई उद्धृत गर्दै लेखेको छ कि हल्का दाढी पालेका पुरुषहरु निकै सेक्सी मानिन्छन् । यो खासगरी सेक्स म्याच्योरिटीको पहिचान पनि हो ।

आपनो अनुसन्धानमा शोधकर्ताहरुले नवीनतम कम्प्यूटर प्रविधि प्रयोग गरेर १५ जना पुरुषहरुको तस्बीर भिन्न भिन्न आयाममा हेरेका थिए । यी तस्बीरहरुमा क्लीन शेव, हल्का दाढी, लामो र बाक्लो दाढी राख्ने पुरुषहरुको तस्बीर समावेश गरिएको थियो । ७६ प्रतिशत महिलाहरुले प्रेम, सेक्स र बिबाहका लागि त्यस्ता पुरुषहरुलाई अधिक मन पराए जसको अनुहारमा हल्का दाढी थियो । एजेन्सीको सहयोगमा

http://ramailo-patrika.blogspot.com भिडियो तल छ

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस