एससी वोर्बको हातबाट १–० को पराजय भोगेपछि क्रुद्ध बनेका रिकार्डोले खेल सकिएपछि रेफ्रीको मुखमा बलले प्रहार गर्दै अपशब्द बोलेका थिए । पछि रेफ्रीमाथि पानी पनि खन्याएका थिए । यद्यपि, रिकार्डोले भने खेल खेलेका थिएनन् । उनी अतिरिक्त खेलाडीका रुपमा रहेका थिए । रिकार्डोले यसअघि पनि प्रतिद्वन्द्वी खेलाडीमाथि आक्रमण गरेको आरोपमा ४५ खेलमा प्रतिबन्ध भोगिसकेका छन् । स्वीटजरल्याण्ड अमेचुअर फुटबल लिगका वकिल रोबर्ट ब्रेइटरले लिगमा रिकार्डो जस्ता खेलाडी नचाहिने स्पष्ट पारेका छन् । उता, रिकार्डो भने यस निर्णयबाट स्तब्ध छन् । उनले भने, ‘मलाई लागेको थियो दुई वर्षको प्रतिबन्ध हुन्छ । तर, ५० वर्ष ? फुटबल मेरो जीवन हो ।’ यस प्रतिबन्ध पछि उनी अब ५ जुन, २०६४ मा मात्र फुटबल खेल्न पाउनेछन् । उनी त्यतिबेला ७८ वर्षको हुनेछन् www.ratopati.com
Sunday, November 2, 2014
रेफ्रीलाई बलले हिर्काउँदा फुटबल खेलाडीलाई ५० वर्ष प्रतिबन्ध