बंगलादेशका रेलमन्त्री मुजिबुल हकले आफू भन्दा ३८ वर्ष कान्छी युवतीसँग विवाह गरेका छन् । ६७ वर्षीय रेल
मन्त्री मुजिबुलले कोमिलाको चांदिना उपजिल्लामा आयोजित एक समारोहमा २९ वर्षीय होनुफा अख्तर रिक्तासँग विवाह गरेका हुन् ।
बंगलादेशका मात्र नभएर विश्वभरीका सञ्चार माध्यमले उनको विवाहबारे हेडलाइन बनाएका छन् ।
बंगलादेशको बांग्ला दैनिकका अनुसार मोहम्मद मोजिबुल हकले गत शुक्रवार निकाहको कागजातमा दस्तखत गरेका थिए ।
उनले विवाहका लागि ५ लाख लाख टका मेहर दिएका थिए ।
विवाह पछि मन्त्री मुजिबुललाई ससुरालीमा ७०० पाहुनाले स्वागत गरेका थिए ।
इस्लामिक समुदायमा बहुविवाह सामान्य विषय मानिन्छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

