Thursday, November 27, 2014

अन्त्यमा किन रोक्यो पाकिस्तानले सार्क सम्झौताको हस्ताक्षर

काठमाडौं । सार्कको १८ औं शिखर सम्मेलनमा कुनै पनि सम्झौतापत्रमा हस्ताक्षर भने नहुने भएको छ । सार्क शिखर सम्मेलन अन्तर्गत कार्यक्रम समितिको बैठक सुरु हुनुअगावै मोटर बाटो, रेलवे र ऊर्जा जस्ता महत्वपुर्ण तीनवटा सम्झौतापत्रमा हस्ताक्षर हुने भनिएको थियो ।

तर, तीनवटै सम्झौतापत्रमा हस्ताक्षर गर्न पाकिस्तानका प्रतिनिधि असहमत भएका कारण कुनै सम्झौता बीना नै सार्क घोषणापत्र आउने भएको छ ।

पाकिस्तान बाहेक बाँकी सदस्य नेपाल, भुटान, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानले भने यी विषयमा हस्ताक्षरकालागि सहमति जनाएका थिए ।

सार्कको अभ्यासअनुसार एक सदस्यले मात्र असहमति जनाए पनि सम्झौतापत्रमा हस्ताक्षर हुन सक्दैन । घोषणापत्रमा आतंकबाट अन्त्यलाई प्राथमिकता दिइने छ । बिहीबार काठमाडौं घोषणापत्र जारी गर्दै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको १८ औँ शिखर सम्मेलन सकिदैछ ।

दिउँसो सार्क राष्ट्रका प्रमुखहरुको साझा प्रतिवद्धता सहित सार्क घोषणपत्र जारी हुनेछ । त्यो सँगै १८औं शिखर सम्मेलन सकिनेछ ।
सम्मेलनको मन्त्रीस्तरीय बैठकसम्म ८ सदस्यराष्ट्रका प्रतिनिधिबीच एउटा सम्झौतापत्रमा पनि सहमति जुट्न नसकेपछि बिनासम्झौता काठमाडौं घोषणापत्र जारी गर्ने तयारी छ ।एजेन्सी

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस