Monday, November 17, 2014

बहिनीको विवाहकै दिन सलमानको विवाह ?

             
बलिउड सुपरस्टार सलमान खानकी बहिनीको विवाहले यतिबेला बलिउडमा चर्चा पाइरहेको छ । तर यो विवाहसँगै नयाँ खुलासा भएको छ । खासमा सलमानले बहिनी अर्पिताको विवाह हुन लागेको दिन १८ नोभेम्बरमा आफ्नै विवाह गर्ने तयारी गरेको भएपनि अन्तिम समयमा आएर स्थगित भएको खुलासा भारतीय सञ्चार माध्यमहरुले गरेका छन् । सलमानले आफ्ना माता पिताको विवाह भएको दिन १८ नोभेम्बर नै पारेर आफ्नो विवाह गर्ने तयारी गरेका थिए । बाबु आमाको विवाहकै वर्ष गाँठमा सलमानकी बहिनीको विवाह हुँदैछ ।   सलमान र बलिउडका अर्का चर्चित निर्माता साजिद नाडियावालले एकै दिन विवाह गर्ने तयारी गरेको खुलासा सलमानले केही समय अघि गरेका थिए । नाडियावालले सन् २००४ मै विवाह गरेका भएपनि सलमान अझै अविवाहित छन् ।   यस वर्ष १८ नोभेम्बरमा विवाह गर्ने तयारी रहेपनि अन्तिम समयमा आएर सलमानले विवाह स्थगित गरेको भनिएको छ । यद्यपी उनी को सँग विवाह गर्ने तयारीमा थिए भन्ने खुलेको छैन । nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस