Monday, November 17, 2014

सम्भोगका बेला सुपर ग्लू लगाएको हातमा गुप्ताङ्ग टाँसिएपछि

टिएलसी टेलिभिजन च्यानलमा प्रशारण हुने चर्चित कार्यक्रम सेक्स सेन्ट मी टू दी इ आर मा डाक्टर म्याथ्यूले यो अनौठो घटनाबारे वर्णन गरेका छन् । यो शो शनिवार प्रशारण हुँदैछ ।

उनका अनुसार ती युवकले राति ओछ्यान छेवैँको स्टाण्डमा सुपर ग्लुले अठ्याएर मैनबत्ति ठडाए । रातमा बाल्नुपर्ला भनेर उनले मैनबत्ती ठडाएका थिए ।

मैनबत्तीमा सुपर ग्लू टाँसेसँगै उनले सुपर ग्लू को बट्टा पनि त्यहीँ नै राखे जहाँ सेक्स गर्दा यौनांगमा लगाउने लुबि्रकेन्टको बट्टा पनि थियो । जब उनी बत्ति निभाएर श्रीमतीसँग सम्भोग गर्ने कार्यमा लागे तब उनले यौनांगमा लुबि्रकेन्ट लगाउन चाहे । उनले ओछ्यान नजिकैको बट्टाबाट लुबि्रकेन्ट ठानेर सुपर ग्लू हातमा खन्याए र लिंगमा दले । उनी त्यसबेला झसँग भए जब लुबि्रकेन्ट ठानेर लिंगमा दलेको चिज त सुपर ग्लू रहेको थाहा पाए र उनको हात र लिंग चपक्कै टाँसियो र हात फुत्काउनै सकेनन् ।

हातमा थुप्रै ग्लू खन्याएर लिंगमा लपक्कै लाएका कारण हात र लिंगको धेरै छाला एक आपसमा टाँसिएको डाक्टरले बताएका छन् । उनको पूरै हत्केला र औँला लिंगमा टाँसिएको अवस्थामा थियो ।

उनले हात र लिंग छुट्टाउनका लागि नङ पालिस हटाउने झोल, तातो पानी लगायतका केही समय लाग्ने विधि अपनाउनका लागि आग्रह गरे । तर श्रीमती चाहीँले छिटै हात र लिंग छुट्टाउने उपाय अपनाउन आग्रह गरिन् । त्यसैले डाक्टरले छिटो विधिद्धारा ती युवकको हात र लिंग छुट्टाइदिए । आखिर के थियो त त्यो विधि ? यो अहिले खुलाइएको छैन र टेलिभिजन कार्यक्रममै त्यसको रहस्य खोलिने बताइएको छ । साभार:ऑनलाइन खबर

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस