Monday, November 17, 2014

अञ्जुलीमा पानी कहिल्यै पनि नपिउनुस्

हाम्रो जीवनमा पानीको निक्कै ठूलो महत्व छ । पानी विना जीवन नै सम्भव छैन । धर्म ग्रन्थमा पनि पानी सम्बन्धी विभिन्न कुरा उल्लेख छ ।
शास्त्रका अनुसार जुन घरमा पानीको दुरुपयोग हुन्छ त्यहाँ सधैव धनको अभाव हुन्छ । धनकी देवी लक्ष्मी पानीको अनावश्यक खर्च हुने नबस्ने उल्लेख छ ।
शास्त्रमा पानी सम्बन्धि निम्न कुरा उल्लेख छ ।

अञ्जलीमा पानी पिउनु हुँदैन
धर्म शास्त्रमा अञ्जलीले पानी पिउनु नराम्रो मानिएको छ । पानीको संरक्षणका लागि पनि यसो गर्नु नराम्रो मानिन्छ ।
न वार्यञ्जलिना पिबेत-मनुस्मृति, स्कंदपुराण
जलं पिबेन्नाञ्जलिना-याज्ञववल्क्यस्मृति
यो श्लोक भन्छ कि पानी अञ्जुलीले पिउँदा बाहिर बढी पोखिन्छ र पानी नाश हुन्छ ।

जुन घरमा पानीको थोपा तप तप चुहिन्छ त्यस्तो घरमा लक्ष्मी नबस्ने र धनको अभाव हुने शास्त्रमा उल्लेख छ ।


स्कन्दपुराणका अनुसार
मलं मूत्रं पुरीषं च श्लेश्म: निष्ठीनाश्रु च।
गण्डूषाश्चैव मुञ्चन्ति ये ते ब्रह्ममहणै: समा:।।
अर्थात जुन मानिसले नदी, तालाउ वा कुवाको पानीमा दिशा पिसाव, थूक, कुल्ला गर्छ वा फोहो फ्याँक्छ त्यस्ता ब्यक्ति पनि कहिल्यै धनी हुन नसक्ने उल्लेख छ ।




रातमा नुहाउनु अशुभ
आजकल मानिसहरुले रातिमा नुहाउँछन् । तर धर्म शास्त्रमा रातिमा स्नान गर्नु अशुभ रहेको उल्लेख छ ।

निशायां चैव न स्नाचात्सन्ध्यायां ग्रहणं विना।
अर्थात रातिको समयमा नुहाउनु हुँदैन । तर ग्रहण लागेको समयमा भने ग्रहण सकिए लगत्तै रातकै समय भएपनि नुहाउनु राम्रो हुन्छ ।
nepaliheadlines भिडियो हेर्न तल क्लिक गर्नुहोस :

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस