अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ हजार ३ सय शिक्षक तथा प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागीर खाएको जनाएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्रधारीमाथि कारबाही तिब्र पारेको अख्तियारले ती सबैमाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।
सरकारी जागीरकालागि सेवा प्रवेश, बढुवा तथा विदेश भ्रमणको प्रयोजनकालागि शिक्षक र प्रहरीले नक्कली प्रमाणपत्र पेस गर्ने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहप्रवक्ता केशव घिमिरेले बताए ।
‘विभिन्न विद्यालय, विश्वविद्यालय र प्रहरी कार्यालयमा सेवा प्रवेश गरेका कर्मचारीको उजुरीको छानबीन गर्दा मुलुकभर १ हजार तीन सय शिक्षक तथा प्रहरीले नक्कली प्रमाणपत्र पेश गर्दै जागीर खाएको अनुसन्धानबाट प्रमाणित भएको छ ।’ सह प्रवक्ता घिमिरे बताउँछन् । आजको राजधानीमा समाचार छ ।http://edailynewsnepal.blogspot.co.il/
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

