आफ्नै रगत, आफ्नै छोरीलाई वासनाको मूर्ति देख्ने बाउलाई कुन शव्दले गाली गर्नु ? सारा संसारबाट छोरीलाई जोगाउने अभिभारा भएको बाउ नै जब छोरीलाई बलात्कार गर्छ, सम्बन्धहरु संदिग्ध र धमिला बन्छन् ।
चोकोफन दिएर कोपिलाजस्ती छोरीको जिन्दगी नष्ट गरिदिनेदेखि डरत्रास देखाएर छोरीमा जघन्य अपरा गर्नेसम्मका राक्षस बाउहरु भएको समाजमा छोरीहरुलाई कसरी जोगाउने ? कसले जोगाउने ?
घटना १
ललितपुर चाकुपाटका ४१ वर्षीय श्याम ट्रयाक्सी चलाएर दिउँसो घरमै आराम गर्थे उनी । घरमा कोही नभएको मौका छोपी आफ्नी १५ वर्षीया छोरीमाथि उनले कुदृष्टि राखे । एक दिन छोरीलाई मुखमैथुन गराइरहेका बेला श्रीमतीले देखिन् । कसैलाई थाहा दिइस् भने तँ तेरी छोरी र तेरो माइती कसैलाई छोड्दिनँ भन्दै उल्टै थर्काए । तर, मिल्ने छिमेकीसँग उनले मनका कुरा साटिन् । पछि माइती र केही छिमेकीको सहयोगमा उनले प्रहरीकहाँ उजुरी गरिन् । प्रहरीको सहयोगमा गत जेठमा अदालत पुगेकी उनले गत महिनाको अन्त्यमा न्याय पाइन् । श्यामले विगत चार वर्षदेखि त्रास देखाउँदै छोरीको यौन शोषण गर्दै आएको खुल्यो ।
घटना २
काठमाडौं कमलपोखरीस्थित एक निजी स्कुलमा पढ्ने १२ वर्षकी मीना झोक्राउने, कसैसँग नबोल्ने, पढाइमा ध्यान नदिनेजस्ता असमान्य व्यवहार गर्न थालिन् । कारण पत्ता लगाउने शिक्षकहरुको प्रयास सफल भइरहेको थिएन । त्यसैबीचमा गैरसरकारी संस्था अन्तदृष्टि विभिन्न विद्यालयमा शिक्षकसँग अन्तरक्रिया कार्यक्रम गर्ने क्रममा सो विद्यालय पुग्यो । शिक्षकले हामीलाई त्यो नानीको असामान्य व्यवहारबारे जानकारी दिनुभयो, संस्थाकी कार्यक्रम व्यवस्थापक योगिता चापागाईले भनिन् । संस्थाको निगरानीमा निरन्तर काउन्सिलिङपछि एक वर्षदेखि बाबुले उनलाई बलात्कार गर्दै आएको खुलासा भयो । पीडित बालिकालाई यो कुरा खोल्न बर्षदिन लाग्यो । आमाले अर्कैसँग बिहे गरेर गएको दिनदेखि बुबाले आफूमाथि त्यस्तो गर्न थालेको बालिकाले बयान दिइन् । संस्थाकै सहजीकरणमा मुद्दा अदालतमा पुग्यो । अहिले बालिका संस्थाकै सेफ हाउसबाट स्कुल जान्छिन् ।
घटना ३
भक्तपुरकी भीमा लोकसेवा पास गरेर खरिदारमा नियुक्त हुँदा खुशीको सीमा थिएन । १३ र १६ वर्षे छोरीलाई श्रीमान् रामकै जिम्मा छाडेर उनी पाल्पा जागिरमा खटिइन् । उनको यो खुशी वर्षदिन पनि टिकेन । एक दिन ठूली छोरीको फोन आयो । छाँगाबाट खसिन् भीमा । छोरीले रुँदै बाउसँग बस्न सक्दैनौं हामी । उतै लैजानु । नत्र हामी मर्छौैं, भन्न थाले । के भएछ भनेर त्यसैदिनको गाडी चढेर घर फर्केको उनले बताइन् । घरमा कल्पनै गर्न नसकिने दृश्य देख्दा उनलाई छोरीमात्र होइन, आफैंलाई सम्हाल्न गाह्रो पर्यो । सानी छोरी रगताम्य भएर हिँड्न नसक्ने भएकी थिइन् । तीन दिनदेखि राम घरमा थिएन । ठूलो छोरीले बाबु नभएको मौका सबै कुरा आमासँग खोलिन् कुरा सुन्दासुन्दै पटक पटक मुर्छा परिन् आमा । त्यसपछि छिमेकीले पनि यो कुरा थाहा पाए । यस्ता केटाकेटीको कुरा पत्याउनु हुन्न भनेर छिमेकीले उल्टै छोरीमाथि तथानाम गाली गर्न थाले । पछि मायतीको सहयोगमा छोरीको उपचार थालियो ।
आजको शुक्रबार साप्ताकिले बाउ नै दैत्य शीर्षकमा कभर स्टोरी छापेको छ ।http://edailynewsnepal.blogspot.co.il/
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

