Saturday, November 8, 2014

भुत जस्तै उपकरण

स्विजरल्याडमा एक बैज्ञानिकको समुहले एक अदृश्य शक्तिद्वारा काम गर्ने उपकरण बनाएका छन् ।

यो उपकरण हेर्ने र सुन्नेहरुले फेरी बैज्ञानिकले भुत नै ल्याए भनेर कुरा गर्ने गरेका छन् । अझ भनौँ अन्य बैज्ञानिकहरु पनि अचम्ममा परेका छन् । स्विजरल्याण्डको इकोलन पोलिटक्रिक फेडरल डी लोसानेको एक बैज्ञानिक समुहले प्रयोशालामा मास्टर–स्लेव डिभाइस नामको उपकण बनाए । एक अंग्रेजी अनलाईनका अनुसार उक्त उपकरणमा मशिना २ हात रहेका छन् । जुन टाढाबाटै सञ्चालन हुने गर्छन् । यो उपकरणले काम गर्दा मानिसहरुलाई अदृश्य शक्तिले नै काम गरेको अनुभव हुने गर्छ ।

यो उपकरणको प्रयोग गर्ने केहि सर्बसाधारण भने उपकरणको क्रियाकलाप देखेर डराएर अथवा भुत आए जस्तै लागेर तत्काल उपकरण नै फिर्ता गरेको बताइएको छ । बैज्ञानिकहरुले यो धेरै संबेदनशील उपकरण भएको बताएका छन् ।
/nepaliheadlines.comf

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस