Thursday, November 13, 2014

बहिनी अर्पिताको बिहेमा सलमाने के गिफ्ट दिँदैछन् ? हेर्नुहोस्

एजेन्सी । भारतीय चलचित्र बलिउड स्टार सलमान खानकी बहिनीको विवाह यही नोभेम्बर १८ मा हुँदैछ । हैदरवादको फलकनुमा प्यालेसमा विवाह समारोहको आयोजना गरिँदैछ ।
विवाहमा खान परिवारका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी हुँदैछन् । विवाहभन्दा पनि बढी अहिले बहिनी अर्पितालाई सलमानले के गिफ्ट दिन्छन् भन्ने विषय अहिले चर्चाको विषय बनेको छ ।

विवाहका लागि सलमानले विवाह आयोजना गरिने पार्टी प्यालेसमात्रै एक हप्ताका लागि तीन करोड रुपैयाँमा बुक गरेका छन् । सलमानले बहिनीका लागि मुम्बईमा नै एक थ्री बेडरुम फ्ल्याट खरिद गरेर सजाएका छन् ।
यो फ्ल्याटको सजावट पनि सलमानको घर ग्यालेक्सी अपार्टमेन्टको डिजाइनरले नै गरेका छन् । यसको सिधा अर्थ हो सलमान आफ्नी बहिनीलाई विवाहपछि पनि घरकै जस्तो माहौल दिन चाहन्छन् ।
अर्पिताको विवाह दिल्लीका आयुष शर्मासँग हुँदैछ । आयुष हिमांचल प्रदेशमा मन्त्री तथा काँग्रेस नेता अनिल शर्माका छोरा हुन्

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस