Wednesday, November 26, 2014

सलमानलाई पति बनाउने सानियाको सपना !

मुम्बई । यतिबेला भारतीय अभिनेता सलमान खान विभिन्न कारणले मिडियाहरुमा छाइरहेका छन् ।
केही दिनअघि मात्रै बहिनी अर्पिताको विवाहमा आफ्नी नयाँ ‘गर्लफ्रेण्ड’ सार्वजनिक गरेपछि उनको थप चर्चा भएको थियो ।
बलिउड स्क्रिन र अनस्क्रिन थुप्रै नायिका तथा मोडलहरुसँग रोमान्स गरिसकेका सलमानलाई अहिले आएर टेनिस खेलाडी सानिया मिर्जाले पनि पति बनेको हेर्न चाहेको बताएर चर्चा बटुलेकी छन् ।
तर, सानियाले भने वास्तविक जीवनमा नभई आफ्नो खेल जीवनका बारेमा फिल्म बने सलमानलाई पतिको भूमिकामा हेर्न चाहेको बताएकी हुन् ।
मेरी कोम र मिल्खा सिंह लगायतका खेलाडीको जीवनीमा आधारित फिल्म बनिसकेका बेला अहिले सानियाको खेलजीवनमा आधारित फिल्म बन्ने चर्चा बलिउडमा छ ।
उनलाई आफ्नो बारेमा फिल्म बनेमा सलमानलाई पति र दीपिका पादुकोणलाई आफ्नो भूमिकामा हेर्न चाहेकी हुन् ।
www.nepalsandesh.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस