Wednesday, November 26, 2014

वीना मल्लिकलाई २६ वर्षको जेल सजाय

एजेन्सी । पाकिस्तानकी विवादास्पद अभिनेत्री एवं मोडले वीना मल्लिक र उनका पतिलाई २६ वर्षको जेल सजायँ सुनाइएको छ । पाकिस्तानको आतंकवाद प्रतिरोधी अदालतले बिनाका पति पत्निलाई भगवानको अपमान गरेको अभियोगमा उक्त सजाय सुनाएको हो ।
जियो टेलिभिजन र जंग समूहका मालिक मीर शकील-उर-रहमानलाई मे महिनामा जियो टीवीमा भगवानको अपमान गर्ने कार्यक्रम प्रसारणको अनुमति दिएको अभियोग लगाइएको छ । यो कार्यक्रममा वीना मल्लिक र उनका पति बशीरको विवाहका क्रममा धार्मिक गीत बजाइएको थियो । न्यायाधीशले वीना मल्लिकलाई २६ वर्ष जेल हाल्नु पर्नै फैसला गरेका हुन् । अदालतले उनीहरुमाथि १३ लाख पाकिस्तानी रुपैयाँको जरिबाना पनि तोकेको छ । वीना मल्लिक उनको हट छवि र विभिन्न विवादका कारण सँधै चर्चामा रहिरहने अभिनेत्री । nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस