Tuesday, November 11, 2014

‘आलोक निधनको सबै कारण खोल्ने छु म’ : बिजय लामा

भन्छन : आलोक जसरी हजारौ युवा गुम्न नदिऊ

फिल्म निर्देशक आलोक नेम्वाङद्धारा आत्महत्या, निर्देशक नेम्वाङ आफ्नै घरमा मृत भेटिए   ।  यस्तै प्रकारका हजारौ हेडलाईन जसरी आएपनि आलोक नेम्वाङ मृत्युको प्रमुख कारण अझै  खुलिसकेको छैन् ।
धेरैले धेरै थरिको अनुमान लगाएपनि आलोकको परिवारले भने यस बिषयमा आधिकारिक धारणा दिईसकेको छैन् । तर परिवार भित्रका मुख्य सदस्य बिजय लामाले भने आलोक निधनको  यथार्थ जानकारी समाजमा ल्याउने प्रतिक्रिया  दिएका छन् ।
चार दिनको नून तेल फुकुवा कार्यक्रममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै लामाले जे जस्तो कारण भएपनि समाजमा आलोक जस्ता युवाहरुलाई सचेत गराउन भएपनि आफूले आलोक मृत्युको यथार्थ कारण ल्याउने प्रतिबद्धता जनाएका हुन ।    पोष्टमार्टम रिर्पोट हातमा पर्नसाथ  पत्रकार सम्मेलन गरी आलोक निधनको सबै कारण  ल्याउने प्रतिबद्धता लामाले गरेका   हुन ।
लिम्बु समुदायमा अकालमा मृत्यु हुनेहरुलाई चोख्याउने प्रचलन नभएपनि आलोकको परिवारको आग्रहमा पण्डितहरुले नून तेल फुकुवा  कार्यक्रम राखेका थिए ।
जहाँ नम्रता श्रेष्ठ देखि लिएर आर्यन सिग्देल तथा आलोकको अन्तिम फिल्म अझै पनिका मुख्य कलाकार एवं प्राविधिक  सहित फिल्म नगरीका सेलिब्रेटीहरुको उपस्थिति रहेको थियो । फिल्म उद्योगमा   निकै  सक्षम निर्देशक मानिने  आलोक गत बिहिवार राति आफ्नै निवासमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।
स्रोत - न्युजफिल्मी बाट भिडियो हेर्न तल क्लिक गर्नुहोस :

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस