पूर्वयुवराज पारस शाहलाई थाई प्रहरीले पुन: पक्राउ गरेको छ । थाइ अदालतको तारिख गुजारेको अभियोगमा गत बुधबार उनी पक्राउ परेको स्रोतले जनायो ।
उनी पक्राउ परेको विषयमा प्रेमिका कन्निकाबाहेक अरुलाई जानकारी छैन । यद्यपी बैंककमा बस्दै आएका नेपालीले बिहीबार पारसलाई प्रहरी हिरासतमा नै गएर भेट गरेको समाचार आजको राजधानी दैनिकमा छ ।
अदालतको आदेश उल्लघन गरेपछि उनी पक्राउ परेका हुन् । यसअघि ३० लाख धरौटी लिइ तारेखमा छाडेको थियो ।
शाह अहिलेसम्म चार पटक पक्राउ परिसकेको छन् । अदालतले उनलाई मुद्दा चलाउने अवस्था भए पनि धरौटीमा रिहा गरी तारेखमा राखेको थियो ।
दुई पटक तारेख लिन नगएपछि बुधबार अदालत पुगेका शाहलाई प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जनायो ।
nepaliheadlines.com

