Sunday, November 23, 2014

आमाको प्रेमीद्धारा बालिकाको बलात्कार

काठमाडौ, ७ मंसिर(एजेन्सी) : भारतको हरियाणामा एक बालिकाले आफ्नी आमाको प्रेमीले पछिल्लो २० दिनदेखी बलात्कार गरेको आरोप लगाएकी छिन् । बालिकाले उक्त कार्यमा उनकी आमाले समेत साथ दिने गरेको आरोप लगाएकी छिन् ।
शनिबार बिहान ती बालिकाले आफ्नो साथमा भएको उक्त कार्यबारे छिमेकीहरूलाई भनेकी थिइन् । यसपछि उनका छिमेकीहरूले उनलाई लिएर प्रहरी कार्यालय पुगेका थिए । प्रहरीले बालिकाकी आमा र आमाको प्रमीविरूद्ध मुद्दा दायर गरेको छ ।
ती बालिकाका अनुसार एक २५ वर्षीय युवक पछिल्लो केही महिनादेखी बालिकाको मामा अर्थात् आमाको धर्मभाई बनेर बस्दै आएको थियो । पछि ती बालिकाले ती युवक र आफ्नी आमाबीच अनैतिक सम्बन्ध रहेको थाहा पाइन् । बालिकाले ती युवकको कारण नै उनकी आमाले आफ्नो बाबुलाई घरबाट निकालेको आरोप लगाएकी छिन् । केही दिनपहिले जब यी दूईको पोल खूल्यो, तब उनीहरूले आफूहरूले विवाह गरेको हल्ला छिमेकमा फैलाएर सँगै बस्ने गरेका थिए ।
बालिकाले २० दिनदेखी आफ्नो बलात्कार गरिरहेको आरोप लगाएकी छिन् । राती उनकी आमाले मुख थुन्ने र युवकले बलात्कार गर्ने गरेको बताएकी छिन् । शुक्रबार पनि उनकी आमा र उनका प्रेमीले उनलाई कुटपिट गरि बलात्कार गरेका थिए । शनिबार बालिकाले छिमेकीहरूलाई बोलाएर आफूमाथी भएको दुष्कर्मबारे बताएकी थिइन् ।  edailynewsnepal.blogspot.co.il भिडियो हेर्न तल क्लिक गर्नुहोस :

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस