Monday, December 1, 2014

कन्या क्याम्पसमा पढ्न पाउनुपर्ने भन्दै युवकले हाले मुद्दा

कन्या क्याम्पसमा पुरुषलाई भर्ना लिइँदैन, किनकी त्यो महिलाले मात्र पढ्ने क्याम्पस हो । के शिक्षा प्रदान गर्ने कुनै स्कुल क्याम्पसले महिला मात्रलाई भर्ना लिने र पुरुषलाई नलिने भन्न पाइन्छ ?
सार्वजनिक क्याम्पसले महिलालाई मात्र भर्ना लिनु र पुरुषलाई भर्ना नै नलिनु के विभेद होइन ? यसका आफ्नै तर्क हुन सक्लान् । तर जापानका एक युवा भने यहीँ विषयलाई लिएर अदालतको ढोका ढक्ढकाएका छन् । आफुलाई पुरुष भनेर भर्ना लिन अस्विकार गरेको भन्दै ती युवकले फुकुओका महिला विश्वविद्यालय विरुद्ध मुद्धा हालेका हुन् । पोषण विज्ञानमा स्नातक तहमा भर्ना हुनका लागि लिइने प्रवेश परीक्षामा उनलाई सहभागी हुनबाट रोकिएपछि उनले अदालतको ढोका ढक्ढकाए । विश्वविद्यालयको यस्तो कार्य सार्वजनिक संस्थामा हुने लैंगिक विभेद भएको भन्दै उनले यस्तो काम जापानको संविधानको विरुद्धमा रहेको र संविधानको धारा १४ को उल्लंघन गरिएको उनको दाबी छ । संविधानको धारा १४ मा ‘कानूनका अगाडि समानता’को व्यवस्था छ । उनले अदालतमा दायर गरेको निवेदनमा आफ्नो बसोबास रहेको स्थान नजिकै पोषण शिक्षा पढाइ हुने सार्वजनिक संस्था फुकुओका विश्वविद्यालय मात्रै रहेको र आफुले निजि कलेजहरुमा गएर पढ्न नसक्ने व्यहोरा उल्लेख गरेका छन् । उनले महिला विश्वविद्यालयमा आफुलाई भर्ना लिनका लागि निर्देशनात्मक आदेशको माग गर्दै विश्वविद्यालयबाट थप ५ लाख जापानी येन बराबरको क्षतिपूर्ति समेत माग गरेका छन् । वादीका वकिलले विगतमा महिलाका लागि शैक्षिक अवसरको सिमितताका कारण महिला विश्वविद्यालय खोलिएको भन्दै अहिले महिलाका लागि मात्रै विश्वविद्यालय हुनु नहुने र सबैलाई पढ्न दिइनुपर्ने जिकिर गरेका छन् । उनको नाम भने खुलाइएको छैन । कन्या क्याम्पसमा पढ्न पाउनुपर्ने भन्दै पुरुषले मुद्धा हालेको जापानमा यो पहिलो घटना भएको बताइएको छ । www.onlinekhabar.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस