Monday, December 1, 2014

छोटो पहिरन लगाएको भन्दै गौहरलाई थप्पड

‘बीग बोस ७’की विजेता अभिनेत्री तथा मोडल गौहर खानलाई एक व्यक्तिले थप्पड हानेका छन् । मुम्बइको उपनगरीय क्षेत्र गोरेगाउँमा रहेको फिल्म सिटीमा रियालिटी शो ‘इण्डियाज राँ स्टार’को छायांकनका क्रममा गौहरमाथि यस्तो दुव्र्यवहार भएको हो ।
गौहरलाई सुटिङ हेर्न आएका एक दर्शकले मुस्लिम भएर छोटो पहिरन लगाएको भन्दै थप्पड हानेका हुन् । २४ बर्षका मोहम्मद अकिल मलिकले गौहरलाई सुटिङमा ब्रेक भएको समयमा यस्तो व्यवहार देखाएका हुन् ।
उनले गौहरलाई गलत तरिकाले छोएका पनि थिए । उनलाई त्यहाँ रहेका सुरक्षाकर्मीले समातेर प्रहरीको  जिम्मा लगाएका छन् । आरोपी मलिकलाई सोमबार अदालतमा लैजाने तयारी प्रहरीले गरेको छ ।
www.onlinekhabar.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस