Wednesday, December 10, 2014

रक्सी पिउने मान्छेको यौन क्षमतामा कमी

बढी मात्रामा मदिरापान गर्नाले यौन क्षमतामा प्रतिकूल प्रभाव पर्छ । मदिरापानले यौन इच्छा केही समयका लागि बढाए पनि यौनशक्ति घटाउने चिकित्सकको भनाइ छ । अर्को कुरा केही गर्भनिरोधक चक्कीले हर्मोनका कारण केही महिलामा यौन इच्छा घटाउन सक्छ । यस्तो अवस्थामा केही समय हार्मोन चक्की खान छाडेमा पुन यौनइच्छा बढ्न जान्छ । कसैलाइ मधुमेह, क्यान्सर र निद्रा लाग्ने औषधिले पनि यौन क्षमतामा प्रतीकूल असर गर्छ । चुस्त यौन जीवनका लागि यौनांगलाई सधैं सफा गर्नुपर्छ । यसबाहेक यौनका लागि मुखको सरसफाइ पनि राम्रो हुनुपर्छ ।
श्वास गन्हाउने समस्या भएमा यौन जीवनमा प्रतिकूल असर पर्नसक्छ ।
धेरै मानिसलाई मुख मैथुन अप्राकृतिक र फोहोरी लाग्छ । तर यो व्यक्तिगत सोचसँग सम्बन्धित कुरा हो । यदि राम्रो सरसफाइ र सुरक्षित भए मुख मैथुनलाई नराम्रो मानिँदैन । यदि यौन रोग र सरसफाइ राम्रो नभएमा चाहिँ मुख मैथुन हानीकारक हुन्छ ।
अर्को कुरा सम्भोगपछि पनि अर्काप्रति माया व्यक्त गर्नुपर्छ । यौन साथी सन्तुष्ट भए नभएको बुझ्नुपर्छ । पुरुषले चरम आनन्द लिँदैमा सम्भोग क्रिया पूर्ण भयो भन्ने सोच्नु हुँदैन । स्त्रीलाई चरम आनन्द भयो वा भएन भन्ने विशेष विचार पु¥याउनु पर्छ । कुनै स्त्रीलाई एक पटकभन्दा बढी चरम आनन्दको चाहना पनि हुनसक्छ । तुलनात्मक रुपमा पुरुषलाई भन्दा स्त्रीलाई चरम आनन्दमा पुग्न धेरै समय लाग्छ ।
तर स्त्रीलाई एक पल्टको सम्भोगमै चरम आनन्द प्राप्त हुनसक्छ । त्यसैले सम्भोग क्रियामा स्त्री भन्दा पुरुष विशेष चनाखो भएर दुबैलाई मजा आउने आसन र क्रियाकलाप गर्नुपर्छ ।
सभोगमा स्त्रीले पनि पुरुषलाई हौसला दिनुपर्छ । आज मलाई खुब मज्जा भयो भन्ने शब्दले पुरुषलाई खुसी तुल्याउँछ । स्त्री पनि त्यस्तै कुरा सुन्न चाहेकी हुन्छिन् । कामुक आमा बाबुका सन्तान पनि कामुक हुन्छन् भन्ने बिभिन्न अध्ययनहरुले देखाएको छ । अर्को कुरा वातावरण र खानपानमा पनि यौन इच्छा ३३ प्रतिशत निर्भर गर्छ भनिन्छ । बाँकी दुई तिहाइ प्राकृतिक रूपमा प्राप्त हुन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस