मंगलबार नायक हमालले फेसुबकमा एक तस्बिर राखे । जसमा उनले यात्राका क्रममा एक सिंगापुरे यूवतीसँग चश्मा साटेको कुरा गर्दै थिए । उनले एक सिंगापुरे महिलाले आफूसँग चश्मा मागेर लगाएको र त्यसले आफूलाई खुशी बनाएको जनाएका छन् ।
हमालले, बनारसमा आफ्ना बुबा–आमाले बिहे गरेको समेत संझिएका छन् । आफ्नो पिताले अध्ययन गरेको ठाउँ पनि यही नै रहेको हमालले लेखेका छन् । पत्नी मधु भट्टराई विना नै हमालले रमाइलो गरेको देखिन्छ । हरेक स्थानमा पत्नी मधु भट्टराइलाई लिएर पुग्ने हमाल यसपटक भने एक्लै रमाइरहेका छन् ।
www.onlinekhabar.com