Tuesday, December 2, 2014

रणबीर भन्छन्- सेक्सको बारेमा कुरा गरौं

बलिउडमा विवादमा परिरहने अभिनेता रणबीर सिंहले अर्को विवादास्पद अभिब्यक्ति दिएका छन् । यस अघि आफूले सँधै कण्डोम बोकेर हिँड्ने बताएका रणबीर अव सेक्सको विषयमा खुलेर कुरा गर्नु पर्ने बताएका छन् ।
रणवीरले एक अन्तरवार्ताका क्रममा 'सेक्स निक्कै सुन्दर र प्राकृतिक चिज हो यसको विषयमा कसैले गलत सोंच्नु हुँदैन' भने । सेक्सको विषयमा चुप लागेर बस्न नपर्ने समेत उनको भनाइ छ ।   युवा युवतीबीच सेक्सको विषयमा खुलेर कुरा गर्नु एकदम जरुरी रहेको र यो कुरामा वेवास्ता गर्न नहुने उनको भनाइ छ । रणबीर एक कण्डोमका ब्राण्ड एम्बासडर पनि हुन् ।nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस