Tuesday, December 2, 2014

रणबीर नभएको मौका पारेर क्याट्रिनालाई भेट्न पुगे सलमान

एजेन्सी ।

रणबीर कपुर र क्याट्रिना कैफको प्रेम सम्बन्ध बलिउडमा नयाँ कुरा होइन । उनीहरु घर किनेर सँगै बस्न थालेको चर्चा पनि पुरानो भएको छ ।
तर बलिउड एउटा नयाँ चर्चाले गर्माएको छ । मुम्बइमा रहेको रणबीर र क्याट्रिनाको फ्ल्याटमा सलमान पुगेपछि बलिउडमा चर्चा बढेको हो ।

तमाशा नामक चलचित्रको सुटिङमा ब्यस्त रहेका रणबीर घरमा नभएको मौका पारेर क्याट्रिनाका पूर्व प्रेमी सलमान उनको घरमा गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
रणबीर नभएको मौकामा सलमान किन क्याट्रिनाको फ्ल्याटमा गए भन्ने विषयमा मिडियामा अनेकन अडकल आएका छन् । तर कतिपयले भने बहिनीको विवाहमा क्याट्रिनालाई कपुर भनेर चित्त दुखाएका सलमान क्षमा माग्न त्यहाँ गएको अनुमान गरेका छन् ।
nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस