Monday, December 8, 2014

‘गर्ल फ्रेन्ड’ भेट्ने एसएमएस अायाे ? हाेसियार हुनाेस् !

२२ मंसिर, काठमाडौं । “आफ्नो प्रेमलाई भेट्न चाहनु हुन्छ? अहिले फोन गर्नुहोस्”
“साँचो मित्रताले तपाईलाई पर्खिरहेको छ !” “+२४३१३३०९८९ मायालु युवतीहरुसँग गफ गर्न चाहनुहुन्छ?”
तपाइको मोबाइलमा नचिनेका नम्बरबाट यस्ता एसएमएस आउने गरेका छन् ? तुरुन्तै डिलिट गर्नुहोस् । किनकि ती एसएमएसमा भाइरस समेत हुनसक्छन् । जसले मोबाइलको डाटा चोर्ने, नष्ट गर्ने, ह्याङ्ग गराउने मात्र नभई साधारण कल गर्दा पनि धेरै पैसा उठ्न सक्छ । यस्ता सन्देशहरु राखेर आएको एसएमएस ठगहरुले पठाएको नेपाल टेलिकमले वताएको छ ।
केही समययता मोबाइलमा समेत इमेलमा जस्तै स्पाम (हानिकारक) एसएमएस आउन थालेका छन् । यस्ता एसएसएसबाट नेपाल टेलिकम र एनसेलका उपभोक्ता हैरानीमा परेका छन् । मोबाइल उपभोक्ताहरुमा प्रायजसोः “मायालु युवतीहरुसँग गफ गर्न चाहनुहुन्छ? आफ्नो प्रेमलाई भेट्न चाहनु हुन्छ ? अहिले फोन गर्नुहोस्, साँचो मित्रताले तपाईंलाई पखिर्रहेको छ, आफ्नो बाँकी मनलाई भेट्नुहोस्, अरुहरुलाई तपाईंसँग भेट्ने एक मौका दिनुहोस्” जस्ता एकै प्रकारका एसएमएस आउने गरेको गोरखापत्रमा खबर छ ।
बानेश्वर बस्दै आएका निश्छल पोख्रेलले मोबाइलमा नचाहिदाँ म्यासेज आउने गरेको बताउनुहुन्छ । एक साता अघि उहाँको एनटीसीको मोबाइल नम्बरमा, “मायालु युवतीहरुसँग गफ गर्न चाहनुहुन्छ? एसएमएस आयो । “पहिला त मलाई लाग्यो कुनै साथीले मजाक गरेको होला । तर त्यो नम्बरमा कल गर्दा कल लागेन तर मेरो मोबाइलबाट दश रुपियाँ काटियो । पछि थाहा भयो मेरा साथीहरुलाई पनि यस्तो एसएम आएको रहेछ, यो त स्पाम पो रहेछ” उहाँले आफू स्पाम एसएमएसबाट ठगिएको अनुभव सुनाउनुभयो ।
“मोबाइल स्पाम एसएमएस चलाउनु हुँदैन । यस्ता एसएमएस आएमा तुरुन्तै डिलिट गर्नुहोस् । यसलाई रोक्ने बारेमा दुरसञ्चार प्राधिकरणसँग छलफल भैरहेको छ”– महानगरीय अपराध महाशाखा हनुमानढोका साइबर सेलका प्रमुख प्रहरी निरीक्षक पशुपति रायले भन्नुभयो ।
यस्ता एसएमएसमा मालवेयर, ट्रोजन भाइरस आउने गरेका छन् । जसले मोबाइलको डाटा नष्ट गर्ने, साधारण कल गर्दा पनि धेरै पैसा उठ्ने । इन्टरनेटसँग जोडिएका फोन र विशेषगरी स्मार्ट फोनमा यस्ता एसएमएसले हानी गर्ने रायले बताउनुभयो ।
“नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताहरुमा +२४३१३३०७६१ वा यस्तै नम्बरबाट विभिन्न प्रकारका एसएमएस आएको पाइएको छ । कम्पनीले यो फेक एसएमएस भएको जानकारी दिइसकेको छ । यो नेपाल टेलिकम तथा टेलिकमको भ्यालु एडेड सर्भिसको सेवासँग सम्बन्धित छैन । यो नम्बरमा झुक्किएर पनि कल नगर्नु होला । कम्पनी यस किसिमका फेक एसएमएस नियन्त्रणमा लागेको छ ।
यदि तपाइ वा तपाइको साथीको कुनै नम्बरमा यस्तो एसएमएस आएको छ भने एसएमएस आएको उक्त नम्बर हामीलाई यही पेजमा वा ntc.news@ntc.net.np मा मेल गरी जानकारी दिनुहुन अनुरोध छ । फेक एसएमएस आउने त्यस्ता नम्बरलाई बन्द गर्न सकिने ब्यवस्था गरिएको छ ।” टेलिकमले आफ्नो आधिकारीक फेसबुकमा उल्लेख गरेको छ ।
www.onlinekhabar.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस