Tuesday, December 9, 2014

मंगलबार जन्मने व्यक्तिले नछुटाई पढ्नुहोस्

थुप्रै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् ।
  भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले मंगलबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छिन्ः १. मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । २. यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन् । उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । ३. यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् । ४. मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ । ५. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ । ६. यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् । ७. यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् । ८. यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् । ९. यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् । १०. उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् । ११. कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो । १२. स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ । (एजेन्सी)www.ratopati.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस