Tuesday, December 9, 2014

आलोकलाई श्रद्धाञ्जली दिदैं पर सरे आर्यन र केकी

फाल्गुण १५ गते प्रदर्शन मिति तोकेको चलचित्र ‘पुर्नजन्म’ यूनिटले एक साता पर सर्ने निर्णय गरेको छ ।
फाल्गुण १५ गते नै स्वर्गिय आलोक नेम्वाङको चलचित्र ‘अझै पनि’ लाग्ने भएकाले पर सरिएको निर्माता मोहनकृष्ण श्रेष्ठको तर्क छ ।
आलोकको अन्तिम चलचित्रलाई सम्मान गर्दै नजुधाउने निर्णय भएको निर्माताको भनाई छ ।
अब ‘पुर्नजन्म’ फाल्गुण २२ गते हलमा लाग्नेछ । सत्य घटनामा आधारित भनिएको यो चलचित्रलाई सजन श्रेष्ठले निर्देशन गरेका हुन् ।
चलचित्रमा आर्यन सिग्देल, केकी अधिकारी, गजित बिष्ट, सुस्मिता शाही, मिथिला शर्मा, विजय लामा, लक्ष्मी गिरी, रश्मी भट्ट, देशभक्त खनाल, रुश्मा श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।
शिव ढकाल र नवराज कृष्ण थापाले खिचेको यो चलचित्रमा अष्ट महर्जनको द्वन्द्व छ । चलचित्रले नेपालको इतिहास बोल्ने निर्माणपक्षको दाबी छ ।
www.onlinekhabar.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस