Monday, November 3, 2014

इन्टरनेटमा समय बर्बाद गर्नेलाई पनि डिग्री

 कात्तिक(एजेन्सी) : अहिलेको समयमा इन्टरनेट जीवनको प्रमुख हिस्सा नै भइसकेको छ । आजकल मानिस इन्टरनेट बिनाको समय काट्न पनि चाहँदैनन् र जीवन समेत सहज नहुने अवस्था भइसकेको छ । तर, यसमा समय बिताउने मानिसको संख्या पनि निकै बढेको छ । यस्ता मानिसहरुका लागि अमेरिकाको पेन्सिलभेनिया विश्वविद्यालयले इन्टरनेटमा समय बर्बाद गर्नेहरूका लागि डिग्री दिने भएको छ ।
उक्त विषयको नाम ‘वेस्टिङ टाइम अन इन्टरनेट’ हो । विश्वविद्लयको अंग्रेजी विभागमा आगामी नयाँ शैक्षिक सत्रबाट पढाई सुरू हुनेछ । यो विषय मुख्य रूपमा क्रियटिभ राइटिङ र अंग्रेजी भाषाका छात्रहरुका लागि बनाइएको हो ।
विद्यार्थीहरुलाई कलेज जाँदा ल्यापटप लानुपर्ने हुन्छ र तीण घण्टासम्म काम गर्नुपर्ने हुन्छ । उक्त विषयमा ग्रेडिङ प्रणाली हुन्छ । उक्त विषय पढाउनका लागि जोन केज, बेट्टी फ्रिडेनलाई नियुक्त गरिएको छ ।
विषयको नाम वेष्टिङ कोर्स भएपनि छात्रहरुलाई केही उत्पादनमूलक र रचनात्मक सामग्री इन्टरनेटबाट खोज्नुपर्ने हुन्छ । अर्थात् अंग्रेजी साहित्यमा प्रयोग गर्न सक्ने सामग्रीहरू हुनु पर्ने हुन्छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

मन्त्रीले भने, पुसपछि युवा विदेशिनु पर्दैन, टिकट काटेको पनि रद्ध गर्नेछन !!

काठमाडौं, कात्तिक १७ – कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले आगामी पुस महिनादेखि कृषि क्षेत्रमा नयाँपन देखिने ठोकुवा गर्दै युवाहरु विदेशिनु नपर्ने उद्घोष गरेका छन् । पुससम्ममा कृषि क्षेत्र परिणाममुखी
हुने बताउँदै उनले नेपालका युवाहरु वैदेशिक रोजगारमा जान नपर्ने बताएका हुन् ।   साक्षात्कार कार्यक्रममा उनले भने– ‘‘विदेश जान टिकट काटेर ठिक्क परेका युवाहरु पनि पुसपछि नेपालमै बस्नेछन्, हामीले त्यस अनूरुपको कार्यक्रम बनाएका छौं, उनीहरु विदेश नगई कृषिमा आवद्ध भएको तपाईहरुले देख्न पाउनुहुनेछ ।’ सरकारले खर्च गर्न सक्ने गरी कृषि क्षेत्रमा बजेट विनियोजन गरेको उल्लेख गर्दै मन्त्री पराजुलीले कृषि क्षेत्र उत्पादनमुखी र परिणाममुखी बनाउने गरी नीति तथा कार्यक्रम समेत सार्वजनिक गरेको धारणा राखेका छन् । उनले भने–‘बजेट कार्यान्वयन भए कृषि उत्पादकत्वमा वृद्धि हुन्छ, यसले नेपालमा कृषि क्रान्तिको बाटो खोल्नेछ ।’   मन्त्री पराजुलीले कृषि क्षेत्रलाई विकास गर्नका लागि भूमि, मल, सिँचाई, वीउवीजन, सुलभ बजार र उचित मूल्यको व्यवस्था गर्नुपर्ने समेत धारणा राखेका छन् । कृषि क्षेत्रलाई आकर्षणको केन्द्र बनाउनका लागि सरकारले ३० वटा वाणिज्य बैंकमार्फत देशभरिका छसय शाखालाई नै परिपत्र जारी गरी ६ प्रतिशतको सहुलियत दरमा किसानहरुलाई ऋण उपलब्ध गराउन निर्देशन गरेको पनि मन्त्रीले जानकारी दिएका छन् । उनले धान, गहुँलगायतका उपभोग्य वस्तुको मन्त्रीस्तरीय निर्णयबाट समर्थन मूल्य निर्धारण गरेर वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको समेत जानकारी दिए । किसानहरुले ३२ हजारदेखि १ लाखसम्म सहुलियत पाउने जानकारी दिँदै देशभरीका जिल्ला कृषि कार्यालय र पशु सेवा कार्यालय मार्फत सेवाग्रहीहरुलाई सहुलियतबारे सूचना उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिइसकेको बताए ।   मन्त्री पराजुलीले आगामी सार्क सम्मेलनमा कृषि क्षेत्रको विकास र विस्तारका बारेमा समेत व्यापक छलफल गर्ने जानकारी दिए । भारत सरकारले नेपालका लागि सोयल मोवाईल टेस्टिङ भ्यान उपलब्ध गराउने भन्दै त्यसबाट कृषकहरु लाभान्वित हुने उनले बताए ।   उनले कृषि क्षेत्रको अनुशन्धानको लागि विधार्थीहरुलाई शोधपत्र तयार गर्न सरकारले विशेष बजेट समेत छुट्याउने तयारी गरेको बताए । करिव ११ सय युवालाई क्षमता अभिवृद्धि गर्नका लागि पहिलो चरणमा कृषिसम्बन्धी प्राविधिक तालिमको व्यवस्था गरेको पनि मन्त्री पराजुलीले जानकारी दिए । उनले कृषि क्षेत्रको अध्ययन र अनुशन्धानका लागि डिम्ड यूनिभर्सिटि समेत खोल्ने बताए ।   उनले विश्वमा कतैपनि आम सहमतिबाट संविधान जारी नभएको बताउँदै सकेसम्म दलहरुवीच अत्याधिक सहमति गर्नुपर्ने बताए । उनले सहमति सम्भव नभए प्रक्रियामा गएर भएपनि माघ ८ मै संविधान आउने ठोकुवा गरे । - See more at: http://www.ratopati.com

दर्शकले भने :”रेखा र सुदर्शन जि अब विहे गर्नुहोस्”

नेपाली चलचित्रक्षेत्रमा करिब २०० भन्दा बढि चलचित्रमा अभिनय गरेर दर्जनौ सफल चलचित्र नेपाली दर्शक माझ पस्किसकेकी नायिका रेखा थापाले नेपाली चलचित्रक्षेत्रमा धेरै नायक भित्राएकी छिन् ।
त्यहि क्रममा फुलपातीका दिन देखी देशभर प्रदर्शनमा आएको चलचित्र हिम्मतवालीबाट पनि रेखाले चलचित्रक्षेत्रमा एउटा अर्का कलाकार फेरी भित्राएकी छिन् । दुवै हात नभएका तर विभिन्न कामबाट गिनिजबुक देखी विश्व रेकर्ड समेत बनाउन सफल सुदर्शन गौतमलाई नायिका रेखा थापाले चलचित्र हिम्मतवालीमा नायकका रुपमा देखाइन् ।

त्यो रेखाको सबै भन्दा साहासी काम थिए । दुवै हात नभएका सुदर्शनलाई पर्दामा देखाउनु जस्तो चुनौती रेखालाई अरु केहि थिएन,अझ सोहि चलचित्रलाई आफैंले निर्देशन गर्ने जिम्मा पाएँ पछि भने उनलाई पात्रलाई चलचित्रको भुमिकामा नचाउन देखी आफैं चलचित्रमा अभिनय गर्न धेरै मुस्किल थियो ।

तर रेखाको उक्त दुख खुसीमा बद्लियो,किनकी चलचित्रले यति बेला सम्म ४ करोड भन्दा माथिको व्यापार गरिसकेको छ । अहिले पनि उनको चलचित्र प्रदर्शनरत छ । बेला बेलामा चर्चामा आउन माहिर मानिने रेखाले जब नयाँ नायक चलचित्र हिम्मतवालीबाट चलचित्रक्षेत्रमा भित्राइन तब देखी रेखा र सुदर्शन विचको सम्बन्धका विषयमा धेरै कुरा चल्न थालेको छ । तर उनीहरुले उक्त कुरालाई अहिले सम्म वास्त गरेको भने पाइएको छैन् ।

तर चलचित्र हेरेपछि आम दर्शकले भने एउटै कुरा भनिरहे रेखा र सुदर्शनलाई-’अब तपाईहरु विहे गर्नुहोस ।’ चलचित्रमा रेखा र सुदर्शनको भुमिका तारिफ गर्न योग्य देखिन्थो,त्यसैले पनि दर्शकले रेखा र सुदर्शनको विहे भएको हेर्न चाहान्छन् । सामाजिक सञ्जालहरुमा उन को फिल्म हिम्मतवालीका नायक सुदर्शन गौतमसँगको अफेयरको चर्चा चुलिँदै आएको छ । नायिका रेखा र सुदर्शन प्रायः सँगै देखिन्छन् । अहिले पनि उनीहरुको प्राय भेट भइरहने बताइन्छ । के दर्शकले खोजेको कुरा अब रेखा र सुदर्शनले पुराउलान त ? यो भने भोलीको दिनले नै देखाउला । तर जे होस दुवै जना एक्लै भएका कारण पनि यो कुरा असम्भब भने छैन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

रुँदा र पसिनामा समेत रगत बग्ने युवती (तस्विर सहित)

सामान्य मानिसको रुँखा आँसु र जिउमा गर्मी हुँदा पसिना बग्छ । जुन् दुवै पानीकै रुप हो । तर भारतको राजधानी नयाँ दिल्लीमा एक यस्ती युवती छिन् जस्को आँशु र पसिना दुवै रगत हो ।



नयाँ दिल्लीकी प्रिती गुप्ता सन् २००९ देखि यस्तो समस्या शुरु भएको हो । उनको आँखाबाट आँशुको साटो रगत बग्छ भने पसिनाकोरुपमा समेत रगत आउँछ ।

उनका माता पिताले सामान्य रोग ठानेर अस्पताल लगे तर बरिष्ठ बरिष्ठ चिकित्सकले समेत उनको उपचार
गर्न सकेनन् । प्रितीका बाबु मनोजलाई आफ्नी छोरीलाई अरुले बहुलाइ भन्दा चित्त दुख्छ । तर छोरीलाई के भएको भन्ने उनलाई पनि थाहा छैन ।

आफू शुरुमा रगत बग्न थालेपछि निक्कै आत्तिएको बताउने प्रितीलाई अव भने सामान्य लाग्न थालेको छ । प्रितीलाई भएको जस्तो समस्या लाखौंमा एक जनालाई मात्र हुने चिकित्सकहरु बताउँछन् । मनोजले छोरीको उपचारका लागि लाखौं खर्च गरिसकेका छन् ।


उनलाई मानसिक समस्या भएको भनेर चिकित्सकहरुले पन्छिने गरेपनि हालै एक चिकित्सकले उनलाई उपचार गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
एजेन्सी ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

४० वर्ष पुगेपछि महिलालाई मन पर्छ जवान पुरुष

बुढो भएपनि पुरुषहरु कम उमेरकी युवतीको नजिक हुन खोज्छन् । तर यो कुरा महिलामा पनि लागु हुने एक अध्यनले देखाएको छ ।   हालै द हेल्थ नामक पत्रिकामा प्रकाशित एक अध्यनका अनुसार ४० वर्ष उमेर पुगेका
महिलालाई कम उमेरका युवक मन पर्छ ।   उक्त शोधका अनुसार ४० वर्ष कटेका महिला युवा पुरुषसँग सम्भोग गर्दा छिटो गर्भवती समेत हुने गर्छन् । बढी उमेरकी महिलाले उत्पादन गर्न डिम्बमा युवक पुरुषको वीर्य निक्कै राम्रो मेल हुने शोधको दावी छ ।   क्यानडाको मोन्ट्रियल म्याकगिल यूनिवर्सिटीका शोधकर्तहरुले भने यो दावी पुरै सत्य नभएको बताएका छन् ।
यो अध्यन ४० वर्ष उमेर कटेका ६३१ महिलामा गरिएको थियो । एजेन्सी । - See more at: http://nepaliheadlines.com

नाभी हेरेर थाहा हुन्छ महिलाको स्वभाव

महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको । समुन्द्र शास्त्रका अनुसार मानिसको बोली चाली र ब्यबहारबाट समेत थाहा नपाएको कुरा नाभीबाट थाहा हुन्छ ।

कसरी थाहा पाउने कस्को स्वभाव कस्तो ?
१ समुद्रशास्त्रका अनुसार जुन स्त्रीको नाभी लामो र अनियमित हुन्छ त्यस्ता स्त्रीमा आत्म विश्वास बढी हुन्छ । यस्ता स्त्रीहरु आफ्नै खुट्टामा उँभिन चाहने र स्वाभिमानी हुन्छन् । यिनीहरुको चिनजान गर्ने र घुलमिल हुने स्वभाव हुन्छ । यसकै कारणले पुरुषहरुसँग उनीहरुको सम्बन्ध भने समय समयमा समस्यामा पर्छ ।

२ त्यसैगरी जुन स्त्रीको नाभी गहिरो हुन्छ त्यस्ता महिला भावुक हुन्छन् । यस्ता महिलाहरु रुन र हाँस्न बेर लगाउँदैनन् र यिनीहरुको मन सफा हुन्छ । यिनीहरु सुन्दर पनि हुन्छन् तर स्वास्थ्यमा भने समस्या हुन्छ ।

३ जुन स्त्रीको नाभी माथि उठेको हुन्छ त्यस्ता महिला गोरी र सुन्दर हुन्छन् । यिनीहरु मिनलसार र रोमान्टिक हुन्छन् । यस्ता महिलाको जीवनमा अकस्मात धनलाभ पनि हुन्छ । यिनीहरुलाई धनी र सुन्दर पति मिल्छ ।


४ समुन्द्रशास्त्रका अनुसार जुन स्त्रीको नाभी गोलो हुन्छ ती गुणवान हुन्छिन् । सामान्य तया यिनीहरुको स्वास्थ्य राम्रो हुन्छ र बुद्धीमान पनि हुन्छन् । यिनीहरुको स्वभाव दयालु हुन्छ । यसका कारण परिवार र समाजमा सम्मानित पनि हुन्छन्।


५ जुन स्त्रीको नाभी समतल हुन्छ त्यस्ता स्त्रीहरुसँग भने सचेत हुनु पर्छ । यिनीहरुले विश्वास गर्दैनन् र विश्वासिला पनि हुँदैनन् । यस्ता स्त्रीले दुःख दिन आइतबार कुर्दैनन् ।


६ समान्यतया नाभी केन्द्र भागमा हुन्छ तर जुन स्त्रीको नाभी फरक स्थानमा हुन्छ यस्ता स्त्री उर्जावान र उत्साही हुन्छन् । यिनीहरु आफ्नो क्षेत्रमा सफल हुन्छन् । यिनीहरुलाई खेल क्षेत्रमा बढी सफलता मिल्छ ।


७ समुन्द्र शास्त्रका अनुसार जुन महिलाको नाभी अलिकति बाहिर निस्किएको हुन्छ उनीहरुलाई सन्तान जन्माउन समस्या हुन्छ । गर्भधारणमा समेत यिनीहरुलाई समस्या हुने बताइन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

सूर्य अस्ताउने समयमा भुलेर पनि नगर्नुस् यी ४ काम

हामीले शास्त्रमा उल्लेखित दैनिक ब्यवहारहरु पालना गर्दैनौं । तर यस्ता ब्यबहारमा ख्याल गर्दा जीवनमा सुखी हुन सकिने शास्त्रविदहरु बताउँछन् । शास्त्रमा उल्लेख भए अनुसार कतिपय यस्ता कुरा छन् जुन कुरामा ध्यान नदिँदा हामी दुःखी, विरामी र दरिद्र हुन्छौं ।
कुन काम गर्नु हुँदैनः

वारि खलु काय्याणि सन्ध्याकाले विवर्जयेत्।
आहारं मैथुनं निद्रां स्वाध्यायञ्च चतुर्थकम्॥
यो श्लोकको अर्थ हो विशेष रूपमा पति-पत्नीले साँझको समयमा मर्यादा पालना गर्नु पर्छ । सूर्य अस्ताउने समयमा पति पत्नीले संसर्ग गर्नु हुँदैन ।

पहिलो कामः

पति र पत्निले साँझको समयमा अत्याधिक सावधानी अपनाउनु पर्छ । यो समयमा प्रेम क्रिडा र प्रेमालाप राम्रो मानिँदैन । साँझको समयमा लक्ष्मी पृथ्वीको भ्रमणमा आउने विश्वास गरिन्छ तसर्थ साँझको समयमा यौन क्रियालाप गर्नु राम्रो मानिँदैन । यो समयमा पुजा पाठ वा धुप दीप गर्नु सबैभन्दा उत्तम रहेको शास्त्रमा उल्लेख छ ।

दोश्रो कामः
हामीले साँझको समयमा भोजन ग्रहण गर्नु हुँदैन । खाना खानका लागि खराव मानिन्छ यो समय । यो समयमा भोजन गर्दा पेट सम्बन्धी विरीमी हुने र कब्जियत हुने बताइन्छ । यदि कुनै पनि ब्यक्तिलाई साँझको समयमा अत्याधिक भोक लागेमा पनि जुस खानु राम्रो हुन्छ ।

तेश्रो कामः
साँझको समयमा कहिले पनि सुत्नु हुँदैन । सूर्यास्तको समय सुत्नै नहुने शास्त्रमा उल्लेख छ । यो समयमा सुत्दा अनिद्रा हुने र तनाव बढ्ने बताइन्छ । यो समयमा सुत्दा शरीरमा उर्जा असन्तुलनको समस्या हुने शास्त्रमा उल्लेख छ । यस कारण चक्कर लाग्ने वा टाउको दुख्ने हुन सक्छ ।


चौथो कामः
साँझको समयमा बेद वा अन्य शास्त्र पाठ गर्नु पनि अशुभ मानिन्छ । यतिबेला ध्यान वा पुजा गर्नु राम्रो भएपनि बेद पाठ साँझमा गर्नु हुँदैन । बेदपाठ विहानको समयमा गर्नु उत्तम मानिन्छ ।
यसर्थः साँझको समयमा भोजन, यौन क्रिडा, निद्रा र बेद पाठ गर्नु हुँदैन ।
nepaliheadlines.com

मरेपछि के हुन्छ तपाइँको फेसबुक र ट्वीटर ?

आजकल समाजिक सञ्जाल प्रयोग नगर्ने कमै छन् । सामाजिक सञ्जालका साइटहरु हाम्रो जीवनका अभिन्न अंग भैसके ।
हामीहरु आफ्ना तस्विर देखि, भिडियो र अन्य जानकारी समेत फेसबुकमा राख्छौं ।

फेसबुकमा आफुलाई चाहिने सबै जानकारी समेत हुन्छ । त्यसैगरी हाम्रो डिजिटल सिग्नेचर र बैंक खाता सम्बन्धी सम्पूर्ण जानकारी इमलेमा राख्ने चलन छ ।

त्यतिमात्र होइन सार्वजिनक जीवनका देखि निजी जीवन सम्मका सबै कुरा हामी यस्ता सञ्जालमा राख्ने गर्छौं ।

तपाइँलाई थाहा छ तपाइँको मृत्यु पछि फेसबुक र ट्वीटर के हुन्छ ? अथवा तपाइले राखेका सबै तस्विर देखि भिडियो र जानकारी अरुले हेर्न सक्छ कि सक्दैन ।

थाहा पाइ राख्नुस् हामीले हाम्रो अकाउण्ट डिलिट गर्नका लागि विभिन्न उपाय प्रयोग गर्न सक्छौं । फेसबुक, ट्वीटर र जिमेल लगायतका सञ्जालमा अकाउण्ट डिलिट गर्ने विभिन्न पोलिसी छन् ।
तपाइँको निधन पछि यी यस्ता अकाण्ट डिलिट गर्ने सुविधा समेत कतिपय सञ्जालले दिएका छन् ।

कुन सञ्जालमा के हुन्छ हेर्नुस्ः


जिमेलले मानिसको मृत्युपछि अकाउण्ट लगइन इन्फर्मेसन अरुलाई उपलब्ध गराउँदैन । तर कुनै ब्यक्तिको मेलबक्समा भएका विशेष मेल भने विशेष अनुरोधमा रिट्रिभ गर्ने सुविधा जिमेलमा छ । यस्तो प्रक्रिया दुई चरणमा हुन्छ ।



फेसबुकले प्रयोगकर्ताको निधन भएमा उसको परिवारले सँधैका लागि डिलिट गर्न सक्ने वा सेभ गर्न सक्ने सुविधा दिएको छ । तर यसलाई चलाउन भने कसैले पाउँदैन ।



ट्वीटरमा प्रयोगकर्ताको निधन भएमा अकाउन्ट डीएक्टिवेट गर्न सकिन्छ । त्यसैगरी मृत ब्यक्तिको प्रोफाइललाई मेमोरियल बनाउन वा त्यसमा रहेका भिडियो र तस्विर डिलिट गर्न दिने नीति पनि ट्वीटरको छ ।




लिङ्क्डइनमा प्रोफाइल डिलिट गर्न सकिन्छ । मृत प्रयोगकर्ताका परिवारका सदस्यले यसबाट कुनै जानकारी ट्रान्सफर गर्न सक्दैनन् तर प्रोफाइल डिलिट गर्न भने सक्छन् ।
/nepaliheadlines.com

जीवनमा सफलता पाउनु छ भने अपनाउनुस् यी वास्तुटिप्स

बास्तोला, १५ वर्षे कोलकाता बसाइँ पछि आफ्ना श्रीमान् र छोरीसँगै अबका दिन नेपालमा नै बिताउन सोच बनाएर फर्केकी छिन् । कोलकातामा रहँदा आफूले गर्न चाहेको कुनै पनि कुरामा सफलता नमिल्दा तनावमा परेकी उनले यसको कारण जान्न इच्छा जाहेर गरिन् । कसैले उनलाई वास्तुशास्त्रको प्रभावले यस्तो भएको बताए । कसैले भनेको भरमा केहि पनि विश्वास नगर्ने उनले वास्तुशास्त्र नै पढी यसको ठाँटी कुरा पत्ता लगाउन सोच बनाइन् । उनी भन्छिन्, ‘सुरुका दिनमा वास्तुशास्त्रप्रति विश्वास नभए पनि यसले मानिसहरुको दैनिकीमा पुर्याउने असरको बारेमा जान्न निकै मन थियो ।

त्यसकारण यसको अध्ययन नै गर्ने सोच बनाएँ । अध्ययनपश्चात् यसको प्रभावको बारेमा थाहा पाउँदा र स्वयंमले भोग्दा म यसप्रति निकै प्रभावित भएँ ।’ कोलकातामा ज्योतिष र वास्तु विशेषज्ञ भएर काम गरेकी उनले नेपाल आएपछि भने आफ्नै व्यापारका कारण यसमा संलग्न हुन नसकेको बताइन् । उनै ज्योतिष र वास्तु विशेषज्ञ सुमा बास्तोलाले रातापाटीलाई वास्तुशास्त्रसँग सम्बन्धित केहि उपयोगी टिप्स दिएकी छिन् ।

१. पढ्दा के गर्ने ? – पढ्ने बेला जहिले पनि उत्तर–पूर्वी दिशातर्फ फर्केर पढ्नुपर्छ – यदि कोही विद्यार्थी पढ्नमा कमजोर भएको खण्डमा उक्त विद्यार्थीलाई दैनिक रुपमा तुलसीको बोटमा पानी हाल्न लगाउनुपर्छ । – घरमा अशोकको रुख पूर्वपट्टी रोप्नाले पनि यसको प्रभावले विद्यार्थीलाई पढ्न मनलाग्छ । – परिक्षामा जाँदा जहिले पनि हरियो रङको लुगा लगाउने ।

२. घरमा के गर्ने के नगर्ने ? – घर उत्तर पट्टी बनाउँदा निकै राम्रो मानिन्छ । पूर्व पट्टी बनाइएको घरलाई पनि राम्रो मानिन्छ । – पाहुनाहरु खुसी भएर चाँडै फर्कुन् भन्ने चाहनुहुन्छ भने पाहुनाकोठालाई पश्चिम–उत्तर कुनाको कोठामा बनाउनुहोला । – पूजाकोठालाई भुँइतलाको उत्तरपूर्वी कोठामा बनाउनु होला । वर्षमा ३६५ दिन नै पूजा गर्न नसकिँने हुँदा मूर्तीलाई भन्दा फोटोलाई पूजा गर्नुहोस् । मूर्तीलाई कहिले पनि भोको राख्न नहुने बास्तुको बुझाई छ । – दक्षिण पश्चिम कुनामा मेन गेट नराख्नुहोला । इनार अथवा रिजर्भ ट्याङ्की खनाउँदा पनि यो कुनामा नखनाउँदा नै वेश हुन्छ । – गेटमा त्रिशुल अंकित तस्बिर र जनावरका तस्बिरहरु नराख्नुहोला । यसले परिवारमा मनमुटाव पैदा गर्ने गर्दछ । यस्ता तस्बिरहरुको सट्टामा कमलको फूल, महालक्ष्मी, गणेशजस्ता भगवानको तस्बिर राख्नुहोला । – घरमा पिपल, बर र अरु जंगली बोट कहिले पनि नरोप्नुहोला । यदि आफैँ उम्रेको खण्डमा त्यसलाई तत्काल उखेलेर फाल्नुहोला । यस्तो बोटबिरुवा घरभन्दा २०० मिटर टाढा हुनुपर्छ । – हात्तिसँग सम्बन्धित केहि पनि वस्तुहरु घरमा नराख्ने । यस्तो सामानहरु घरमा भएमा आयमा कमी हुने, व्यापार डामाडोल हुने, बदनामी भएर जागीर छुट्नजस्ता नकारात्मक असर पर्ने गर्दछ । हात्तीको पुच्छरमा सुनचाँदी मोडेर लगाउनाले ९९ प्रतिशत मानिसहरुलाई नोक्सानी हुन्छ । – घरको उत्तर–पूर्वी कोठा सधैँ खुल्ला र सफा राख्नपर्ने हुन्छ । यस कोठाको झ्यालहरु बिहान उठ्ने बित्तिकै खोल्ने गर्नुपर्छ । – क्याकटसजस्ता काँडा भएका बोटहरु घरमा भरसक नरोप्ने । यदि रोप्नै परे पश्चिम तिर रोप्नुहोस् । – ठूला–ठूला बोटहरु रोप्नु छ भने दक्षिणमा रोप्नुहोस् ।

३. आमाबुवासँग छोराछोरीको कुरा नमिलेमाः उत्तरपूर्वी कुनामा पहेँलो रङको चिम राख्नाले आमाबुवासँग छोराछोरीको कुरा मिल्ने गर्दछ ।

४. विवाह हुन नसकेको छोरी घरमा भएः – अविवाहित महिला सधैँ उत्तर–पूर्वमा सुत्नुपर्छ । – यदि लामो प्रयासपछि पनि विवाह हुन नसकेको खण्डमा सकिन्छ भने दिनदिनै नभए प्रत्येक बिहिबार केराको जरालाई दुध चढाएर पाकेको केराले नै पूजा गर्नुपर्दछ ।

 ५. आयमा बढोत्तरीका निम्तिः – घरको मूल व्यक्ति (जसले परिवारको लागि कमाउने गर्दछन्), दक्षिणमा शिर र उत्तरमा खुट्टा राखेर सुत्नुपर्ने हुन्छ । – घरको भर्याङ दाहिने घुमेको हुनुपर्छ ।


६. नवविवाहित जोडिको कोठाः – श्रीमान–श्रीमतीको कोठा दक्षिण पश्चिममा फर्केको हुनुपर्छ । यदि पूर्व–दक्षिण कुनामा नवविवाहित जोडिको कोठा छ भने कोठा परिवर्तन गर्नु नै राम्रो मानिन्छ नभएर सम्बन्ध विच्छेद हुने पक्का छ ।

 वास्तुशास्त्रसँग विस्तृत रुपमा जानकारी लिन चाहनुहुन्छ भने सुमा बस्तोलालाई ९८४३६८८७९५ मा सम्पर्क गर्न सक्नुहुन्छ ।

www.ratopati.com भिडियो तल छ

रबिना टण्डन नेपाली गहनामा र्‍याम्पमा देखिदै

२०७१ कार्तिक १७ गते नेपाल रत्न तथा आभुषण संघको आयोजनामा यही कात्तिक २१ गतेदेखि ‘दोश्रो रत्न तथा आभुषण’ प्रदर्शनी हुँदैछ । याक एण्ड यति होटलमा संचालन हुने कार्यक्रमका लागि सो स्टपर बन्दै बलिउड चर्चित नायिका रबिना टण्डन नेपाल आउँदैछिन् ।
कार्यक्रमलाई २ भागमा विभाजन गरिएको आयोजकले जनाएको छ । जसमा कात्तिक १९ गते फेशन शोको आयोजना गरिएको छ । फेशन शोको सो स्टपर बन्दै स्टेज तताउन रबिना नेपाल आउन लागेकी हुन् । उनी भोली नेपाल आउने कार्यक्रम छ । नेपाली गहना पहिरिएर रबिना र्‍याम्पमा जानेछिन् ।
नेपालको मौलिक कालीगढी, गरगहना डिजाइनका क्षेत्रमा भएको परिवर्तन, शुद्धता, गुणस्तरीयता जस्ता पक्षलाई उपभोक्ता समक्ष उजागर गर्ने मूल उद्देश्यका साथ यो प्रदर्शनी आयोजना गर्न लागिएको हो । फेशन शोमा १० वटा गरगहना निर्माणमा संलग्न कम्पनीहरुले आफ्ना गरगहनाका साथ मोडललाई र्‍याम्पमा उतार्ने तयारी गरेका छन् ।
गरगहनाको क्षेत्रमा करिब २० अर्व बराबरको लगानी भएको अनुमानित तथ्यांक छ । कुल बजारको करिब ८० प्रतिशत हिस्सा नेपाली गरगहनाले लिएको अनुमान गरिएको छ । यो प्रदर्शनीको करिब १० हजारले अवलोकन गर्ने लक्ष्य आयोजकले लिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :