Wednesday, November 5, 2014

'नेपाली गहनाको बुट्टै राम्रो'

काठमाडौ, कार्तिक १९ - नेपालमा सुटिङ भएको हिन्दी फिल्म 'हरे राम हरे कृष्ण' सानैमा हेरेपछि उनलाई यता आउने रहर जागेको थियो । तर मौकै मिलेन । जब केही महिनाअघि एउटा कार्यक्रमका लागि निम्तो पाइन्, बलिउड अभिनेत्री रविना टण्डनको मन थामिएन । कति पनि नसोची उनले आयोजकलाई भनिन्, 'ओके ।'

'खासमा भन्ने हो भने म नेपाल आउन निकै आतुर थिएँ,' निम्तो पछ्याउँदै मंगलबार काठमाडौं उत्रेकी रविनाले भनिन्, 'त्यसको लागि मात्रै मौका खोजिरहेकी थिएँ ।' सन् १९९१ मा 'पत्थर के फूल' बाट बलिउड डेब्यु गरेर 'दिलवाले', 'मोहरा', 'खिलाडियों का खिलाडी', 'जिद्दी' जस्ता हिट फिल्म दिएकी यी अभिनेत्री नेपाली गरगहना प्रवर्द्धनका लागि आएकी हुन् । राजधानी आएलगत्तै दरबार मार्गस्थित होटल याक एन्ड यतीमा आयोजित पत्रकार भेटघाटमा देखा परेकी पूर्व मोडलले आफू नेपालप्रति 'निकै एक्साइटेड' रहेको खुलाइन् ।

'नेपाली गरगहनाका कारण आज तपाईंहरूमाझ छु, सानैदेखिको सपना आज पूरा भयो,' उनले भनिन् । नेपाल रत्न तथा आभूषण संघको आयोजनामा बुधबार याक एन्ड यतीमा हुन लागेको 'ग्रान्ड फेसन सो' का लागि रविना र्‍याम्पको मुख्य आकर्षण बन्नेछिन् । र्‍याम्पमा उनी नेपाली मौलिक गहनासाथ देखा पर्नेछिन् । एक्स्पो संयोजक शक्तिकुमार बेगानीका अनुसार रविनाले ८० फिट लामो र्‍याम्पमा क्याटवाक गर्नेछिन् । उनीसँगै नेपाली सेलिब्रेटी र मोडलहरू पनि प्रस्तुत हुनेछन् ।

भारतीय समनान्तर फिल्महरूमा समेत 'सिरियस' भूमिकाका लागि प्रशंसा कमाएकी रविनाले मोडलिङसँगै तेलुगु, कन्नड र तमिल फिल्महरूमा पनि उत्तिकै वाहवाही कमाएकी छन् । 'मोडलिङ, फेसन र अभिनय यी तीन पक्ष एकअर्काका परिपूरक जस्तै हुन्,' उनले सुनाइन् ।

 क्लोज नेकमा ब्ल्याक लङ टप्स लगाएकी रविना पत्रकार सम्मेलनमा ह्वाइट गोल्डपहिरनमा सजिएकी थिइन् । सञ्चारकर्मीमाझ आफ्नोभन्दा पनि बढी उनले गहनाकै कुरा गरिन् । 'हरेक महिलाको लागि गहना सुन्दरताको प्रतीक त हो नै,' उनी भन्दै थिइन्, 'त्यसमा पनि लगानीका दृष्टिले समेत यो व्यवसाय फस्टाउँदै गएको छ ।' दुई सन्तानकी आमा समेत रहेकी ४० वर्षीया रविनाले आफ्ना छोराछोरीको बिहेका लागि अहिले देखिनै गहना संकलन गर्न थालेको पनि खुलाइन् । 'गहना सुन्दरता मात्रै होइन, उचित लगानी पनि हो,' उनले भनिन्, 'मेरा छोराछोरीको बिहेको लागि अहिलेदेखि सचेत छु ।'

गहनाले सुन्दरतामा के प्रभाव पार्छ भन्ने प्रश्नमा चाहिँ रविनाले निकै कूटनीतिक जवाफ दिइन् । 'मान्छेको आन्तरिक सुन्दरता नै खास सुन्दरता हो,' उनले भनिन्, 'गहना त नारी सौन्दर्यको प्रतीक मात्रै हो ।'

नेपाल घुम्न आउनका लागि धेरै कारक भए पनि 'बुद्ध जन्मिएको देश भएकाले आफ्नो बढी नै झुकाव रहेको' उनले बताइन् । 'समय अभावले गर्दा यस पटक बुद्धको जन्मथलो लुम्बिनी जान नपाए पनि यहाँका प्रख्यात गुम्बा र स्तूपहरूमा चाहिँ अवश्य पुग्नेछु,' उनले भनिन् ।

भाषा, संस्कृति र जीवनशैलीका दृष्टिले पनि भारत र नेपालबीचको सम्बन्ध अत्यन्त निकट रहेको बताउँदै उल्लेख गर्दै रविनाले नेपालको गहना प्रवर्द्धनमा आफूले सक्दो सहयोग गर्ने पनि बताइन् । 'म र्‍याम्पमा उत्रिन मात्रै आएकी हैन,' उनले भनिन्, 'सपिङ गर्न पनि आएकी हुँ । केही मन पर्ने गहना किनेर लैजान्छु । नेपाली गहनाको बुट्टा मलाई निकै मन पर्छ ।'

केही समयअघि बलिउड स्टार जरिन खान र एजाज खान पनि डिजाइनर विशाल कपुरको पहिरन प्रमोसनका लागि नेपाल आएका थिए । गहना एक्स्पोमा भने ३५ ज्वेलरी कम्पनीले भाग लिने संयोजक शक्तिकुमारले बताए । संघले आउँदो २१ गतेदेखि 'नेपाल जेम्स एन्ड ज्वेलरी एक्स्पो २०१४' समेत गर्न लागेको जनाएको छ ।http://www.ekantipur.com/

महिलाहरु कति उमेर सम्म यौन सम्पर्कमा सक्रिय हुन्छन

पाको उमेरमा के महिला सक्रिय हुनु हुँदैन ? युवावस्था अनि नवविवाहितहरूकै सन्दर्भमा त यौनसम्बन्धी कुरा गर्न लजाउने हाम्रो समाजमा पाको उमेरमा व्यक्तिहरूको यौन जीवनका बारेमा कुरा गर्नु अलि असहज नै
मानिन्छ। दुर्भाग्यवश, पाका उमेरका व्यक्तिहरूको यौन सक्षमता कम हुन्छ वा युवाहरूको तुलनामा रुचि कम हुन्छ भन्ने सोच वा विश्वासले नकारात्मक प्रभाव पार्छ। कतिपय व्यक्तिलाई असहज लागे पनि पाको उमेरमा यौनचाहना हुनु र यौनसम्बन्धी कार्यमा सक्रिय हुनु सामान्य नै हो। पुरुषहरूका लागि केही हदमा समाजले यो कुरा स्वीकार गर्ने भए पनि महिलाको सन्दर्भमा नकारात्मक भावना अलि बढी नै छ। महिनावारी बन्द भए पनि यौनजीवन नै समाप्त भएको हो कि जस्तो गरिन्छ, तर वास्तविकता त्यस्तो हुँदैन। उमेरसँगै महिलामा के-कस्ता शारीरिक परिवर्तनहरू हुन्छन् ? समयको गतिसँगै उमेर बढ्नु अनि शरीर तथा त्यसको कार्य सम्पादन क्षमतामा परिवर्तन हुनु सामान्य तथा निरन्तर भैरहने प्रक्रिया हो। यसको प्रभाव हाम्रो शरीरका सबै अङ्गप्रत्यङ्ग तथा कार्य सक्षमता दुवैमा देखिन्छ। पक्कै पनि यौनसम्बन्धी कुरामा यस्तो हुने नै भयो, तर आवश्यक जानकारी राखेर आफूलाई तयार राखे ती परिवर्तनहरूसँगै आफूलाई तालमेल मिलाउन सके जीवनयापन गर्न सजिलो हुन्छ। कतिपय शारीरिक संरचना एवं अङ्गहरूको कार्यप्रणाली महिला तथा पुरुषमा आधारभूत रूपमा उस्तै-उस्तै हुन्छन्, तर महिला तथा पुरुषमा प्रजनन एवं यौनसम्बन्धी कुरामा शरीर संरचना अनि त्यसका कार्यप्रणाली एकदमै फरक हुन्छन्। उमेरसँगै आउने परिवर्तनका कुरा गर्दा पुरुष तथा महिलाका प्रजनन एवं यौन अङ्गका साथै कार्य सक्षमतामा पनि आ-आफ्नै किसिमका परिवर्तन हुन्छन्। कतिपय दीर्घरोग अनि त्यसका उपचार तथा अन्य समस्याका प्रभाव पनि यौनजीवनमा नकारात्मक रूपमा देखा पर्न सक्छ। महिलामा हुने मुख्य परिवर्तन निम्न छन् ः – योनि रस आउन केही बढी समय लाग्ने। – योनिमा आएको रसको मात्रा पहिलेको तुलनामा कम हुने। – यौन उत्तेजना हुँदा पहिलेको तुलनामा भगोष्ठ तथा भगांकुर कम फुल्ने – चरमसुखका बेलामा पहिलेको तुलनामा पाठेघर तथा योनिको संकुचन कम हुने भएकाले चरमसुखको तीव्रता कम भएको अनुभव हुने। – महिनावारी बन्द भएपछि योनिका भित्ताहरू केही पातलिँदै जाने। – पाठेघर तथा पाठेघरको मुख सानो हुने। केही महिलामा चरमसुखमा पनि हुँदा पीडाको अनुभव हुनसक्छ। – महिला हार्मोन इस्ट्रोजनको मात्रा कम हुने भएकाले पुरुष हार्मोन एन्ड्रोजनको प्रभावमा यौनचाहना बढ्न सक्छ। कहिलेसम्म यौनसम्पर्क राख्न सकिन्छ ? यौनसम्बन्धी क्रियाकलापमा हुने कमीको कारणका सन्दर्भमा उमेरसँगसँगै आउने शारीरिक परिवर्तन महत्त्वपूर्ण कारण भए पनि सबै दोष त्यसलाई मात्र दिन मिल्दैन। पाका उमेरका व्यक्तिहरू यौनसम्बन्धी कुरामा रुचि राख्दैनन् वा सुखमय यौनसम्बन्ध राख्न सक्दैनन् भन्ने सोच मिथ्या हो। पाका उमेरका प्रायःजसो व्यक्ति यौनप्रति गहिरो अभिरुचि राख्छन् र सक्रिय
तथा सुखमय यौन जीवनयापन गर्छन्। १० हजारभन्दा बढी व्यक्तिलाई संलग्न गरिएको एक अध्ययनमा ५० देखि ५९ वर्षका ९३ प्रतिशत महिलाले आफूले यौनसम्पर्क राख्ने गरेका बताए। ७० वर्ष वा त्योभन्दा माथिका महिलाका लागि यो प्रतिशत ६५ थियो। ५० देखि ५९ वर्षका पुरुषको कुरा गर्दा यो ९८ प्रतिशत थियो भने ७० वर्ष वा माथिका उमेरका लागि यो ७९ प्रतिशत थियो। पाका उमेरका व्यक्तिहरू यौन आकर्षक हुँदैनन् र यौनको मामिलामा रुचाइँदैनन् भन्ने सोच व्याप्त रहे पनि त्यो मिथ्या सोच नै हो। कतिपय स्थितिमा पत्र-पत्रिकामा देखिने युवायुवतीहरूकै चित्रजस्तै ‘रूप’ हुनुपर्छ भन्ने सोच हावी भएको पाइन्छ। कसैका लागि कस्ता किसिमका व्यक्ति कति आकर्षक भन्ने प्रश्नको जवाफमा निकै विविधता पाइन्छ, तर यथार्थ के हो भने कतिपयलाई आकर्षक नभएजस्तो लाग्ने व्यक्ति अर्को व्यक्तिका लागि अति नै आकर्षक सावित हुन सक्छ। पाका उमेरका पुरुषको तुलनामा पाका उमेरका महिलाहरू यौनसम्बन्धी कुरामा कम रुचि राख्छन् भन्ने कुरामा पनि सत्यता छैन। महिला तथा पुरुषको बीचमा ठूलो असमानता भएको समाजमा भने नारीमाथि लादिएका कतिपय मूल्य-मान्यता र नियन्त्रण नै यसका कारण हुन्। त्यसैले के भनौं भने महिलाले चाहे भने जुन उमेरमा पनि यौनसम्पर्क राख्न सक्छन्। महिला आफैंले पनि यौनसम्बन्धी कुरामा सक्रिय हुनु हुँदैन भन्ने मानसिकताबाट बाहिर निस्कनुपर्छ। दम्पतीबीच एक-आपसमा खुला एवं प्रभावकारी कुराकानी पाका व्यक्तिको यौन जीवनमा सुधारका लागि राम्रो कुरा हो। आफ्नो रुचिअनुसार आफ्नो यौन साथीसँग के चाहन्छु वा के रुचाउँदिनँ भन्ने विषयमा स्पष्ट कुराकानी गर्नुपर्छ। त्यसैगरी महिनावारी बन्द भएपछि पहिलेको तुलनामा योनिको लचकता केही कम भएको तथा योनि रस आउने क्रम पनि कम भएको अनुभव महिलाहरूले गरेका हुन्छन्। त्यसैले पानीमा घुल्ने किसिमको चिप्लो पदार्थ -जस्तै कि एस्ट्रोग्लाइड) प्रयोग गरे सुख्खापनको समस्या कम गर्न सकिन्छ। यस्तो चिप्लो पदार्थ योनि तथा लिङ्ग दुवैमा लगाउन सकिन्छ। उत्तेजक लाग्ने नयाँ आसन वा क्रियाकलापमा संलग्न हुनु सहयोगी हुन्छ। त्यसैगरी यौनसम्पर्क राख्ने समय पनि परिवर्तन गर्नु राम्रो हुन्छ। कतिपय स्थितिमा अन्य स्वास्थ समस्याका वा त्यसको उपचारका कारण यौन जीवनमा नकारात्मक प्रभाव परेको हुनसक्छ। एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारका क्रममा खाइने कतिपय औषधीका नकारात्मक प्रभाव हुन सक्छन्। त्यसका बारेमा पनि विचार गरेर उपयुक्त विकल्प प्रयोग गरे सहयोग मिल्छ भिडियो हेर्न तल क्लिक गर्नुहोस :

९ मिनेट भगवानसँग कुरा गरेर फर्किने महिला यस्ती...

अस्पतालमा चिकित्सकले मरेको घोषणा गरेकी एक महिला ९ मिनेटपछि पुनः जिवित भएकी छिन् ।
 उनी चिकित्सकको भाषामा पूर्ण रूपमा मृत घोषित भएकी ती महिला करिब ९ मिनेटपछी उठ्दा चिकित्सक लगायत ती महिलाका आफन्त र वरपर रहेका सबै चकित भए ।
अझ चकित त उनले आफूले ९ मिनेटसम्म भगावान् सँग कुरा गरेको बताएपछी भएका थिए । क्रिस्टल म्याकभी नामकी ३६ वर्षीय महिलाले आफुले उक्त ९ मिनेटको अवधीमा स्वर्गमा पुगेर भगवानसँग कुरा गरेको बताएकी छिन् । उनी दक्षिणी अमेरिकाको ओक्लाहोमामा रहेको एक विद्यालयकी शिक्षिका हुन् भने उनका ४ सन्तान रहेका छन् । उनले आफू किशोरी अवस्थामा बलात्कृत भएको र गर्भपतन गर्न बाध्य भएको बताउँदै आफूलाई भगवानप्रति त्यतिबेला देखी विश्वास उडेको बताएकी छिन् ।
तर, अब भने उनलाई भगावान् विश्वास लागेको बताउँदै उनले आफूले अस्पतालमा आँखा बन्द गरेपछी आफू स्वर्ग पुगेको बताएकी छिन् । उनी स्वर्ग पुग्दा दुई परीसँग भेट भएको र उनीहरू पृथ्वीमा देखिएका जस्ता भने कत्ति पनि थिएनन् । केहि समयपछी भगवानले आफूलाई दर्शन दिएको र उनी पनि पृथ्वीका सामान्य मानिस जस्ता थिएनन् । उनले मानिसजस्तै रूपमा नभएपनि ती भगवाननै भएको र उनीहरुसँग कुरा गर्न कुनै शब्द निकाल्नुपर्ने आवश्यकता नै नभएको बताएका छिन् । उनले आफूले त्यहाँ रहँदा एक सानी केटीलाई खेलेको देखेको बताउँदै ती केटी आफू बलात्कृत हुनुभन्दा अगाडिको आफूजस्तै भएको बताएकी छिन् ।
आफूलाई भगवानले आफ्नो पति र ४ सन्तानकहाँ जान चाहन्छेस् भन्दा आफूले स्वर्गमै बस्न चाहेको बताएको उनको भनाई छ । तर, पछी आफ्नी आमाले अस्पताल बाहिरबाट बोलाएपछी भने आफ्नो इच्छा परिवर्तन भएको र आफूले भगवानलाई आफू पृथ्वीमा नै फर्किन चाहेको बताइन् । यसपछी आफू अस्पतालको बेडबाट उठेको बताइन् ।
उनको यो भनाईले अहिले सबैतिर हलचल नै ल्याइदिएको छ । सबै उनको चर्चामा व्यस्त हुन थालेका छन् । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

यि रुद्राक्षको धारणले यो फाइदा मिल्छ (तस्बिर सहित)

एजेन्सी। मान्यता अनुसार शिवको नेत्रबाट रुद्राक्षको उद्धव भएको विभिन्न सास्त्रमा उल्लेख भएको पाइन्छ। रुद्राक्षको धारणले हामीमा भएको कुनैपनि समस्याको समाधान गर्ने क्षमता हुने गरेको धार्मीक आस्था रहदै आएको छ। भन्ने गरिन्छ रुद्राक्ष जति सानो भयो उतिनै प्रभावकारी हुन्छ।सफलता, धन-सम्पति, मान-सम्मान प्राप्तीका लागि सहायक भुमीका रुद्राक्षले गरेको हुन्छ। तर हरेक मानिसको चाहना अनुसार रुद्राक्षको अलग-अलग धारण गर्ने गरिन्छ।

यस्तै रुद्राक्ष सम्बन्धी पनि केही फरक नियम रहेका हुन्छ, जस्तै जुन माला जपका लागि प्रयोग गरिन्छ त्यही माला लगाउँन हुदैन।त्यसको लागि रुद्राक्षको कुनै शुभ साइत हेरेर धारण गर्दा उत्म हुने विश्वास गरिन्छ।यसको ‌औठी बनाएर लगाउँन हुदैन।जसले नियममा ध्यान राख्दै श्रद्धापूर्वक रुद्राक्षको धारण गर्दछन् उसको सबै कष्ट हराउँदै जान्छ र मनोकामना पुरा हुन्छ। जुन घरमा रुद्राक्षको पुजा हुन्छ, त्यस ठाँउमा लक्ष्मीले बास गर्दछीन्। यो भगवान शंकरको सबै भन्दा प्रिय बस्तु मानिन्छ।




एकमुखी रुद्राक्षमा भगवान शिवको स्वरुप रहेको हुन्छ। यसको धारण गर्नाले धन सम्पति प्राप्त र मोक्ष आदिको प्राप्ति हुन्छ।

 दुर्इमुखी रुद्राक्षको अर्धनारीश्वर रूप मानिएको छ।शिव र पार्वतीको स्वरूप रहेको छ। यसको धारण गरेमा मान-सम्मान एंव मोक्षका प्राप्ति हुन्छ। अधिकाश रोगहरुको निवारण समेत हुन्छ।

तीनमुखी रुद्राक्ष ब्रह्मा-विष्णु-महेशको स्वरूप मानिएको छ। विद्या प्राप्तको लागि यसको धारण गरेको सर्वश्रेष्ठ मानिन्छ।


चारमुखी रुद्राक्ष ब्रह्माको स्वरूप मानिएको छ। धर्म, अर्थ, काम एंव मोक्ष प्राप्ति हेतुले यसको धारण गरिन्छ।




पाँचमुखी रुद्राक्ष राम्रो स्वास्थ्य, दुख-सासथि निवारण गर्न यसको धारण गरिन्छ।


 छमुखी रुद्राक्ष भगवान कार्तिकेयको स्वरूप भएको मानिन्छ। समस्त पाप मुक्तिको लागि यसको धारण गरेमा श्रेयस्कर मानिएको छ। काम, क्रोध, लोभ, मोह आदिमा नियंत्रणको लागि यो उत्तम रहेको मानिएको छ।यो आत्मशक्ति बढाउन अद्भुत रहेको हुन्छ।

सातमुखी रुद्राक्षले ऐश्वर्य बढाउँन मद्दत गर्दछ भन्ने गरिन्छ र मृत्युको कष्टबाट पनि छुटकारा मिल्छ सात मुखी रुद्राक्ष धारण गरेमा।

आठमुखी रुद्राक्षको भगवान गणेश र बटुक भैरव स्वरूप मानिन्छ।लामो आयुको कामना लागी यसको धारण गर्नु श्रेयस्कर भएको बताइन्छ।

नौमुखी रुद्राक्ष भैरव एंव भगवती दुर्गा स्वरूप हो। धर्मराज (यम)को समेत रूप मानिएको छ। यसले मनोकामना पूर्ति गर्ने रुद्राक्ष समेत रहेको छ। यसको धारण गरेमा व्यक्तिको वीरता, सहस, सहनशीलता एंव पराक्रममा वृद्धि हुन्छ।

दसमुखी रुद्राक्ष भगवान विष्णु स्वरूप भनिएको छ।भनिन्छ सन्तान प्राप्तिको कामना राख्दै यसको धारण गरिन्छ।

एघारमुखी रुद्राक्ष साक्षात रुद्र भनिन्छ।यसको रुद्राक्षको धारण गर्ने व्यक्तिले सफलता एंव विजयको साथ रहेको हुन्छ।

बाह्ररमुखी रुद्राक्ष सबै समस्याको समधान गर्ने रुपमा चिनिएको छ।रोग र लाभदायक रहेको छ।

तेह्ररमुखि रुद्राक्ष इन्द्रको स्वरूप भएको मानिएको छ। यो धन-सम्पत्ति, सौभाग्य एंव कामना पूर्ति गर्ने रुद्राक्ष हो।

चौदमुखी रुद्राक्ष हनुमानको स्वरूप भएको मानिन्छ। यो सबै पापको नाश एंव दुखबाट मुक्ति दिने आरोग्यदायक रुद्राक्ष हो।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

छेपारोले रङ बदले जस्तै रङ बदल्ने पहाड

एजेन्सी/ छेपारोले रङ बदलेको बारम्बार सुन्ने गरिन्छ । तर, के तपाईंले पहाडले पनि रङ परिवर्तन गर्छ भन्ने सुन्नुभएको छ ? छैन भने अब सुन्नुस् । यस्तो पहाड आइसल्यान्डमा छ ।

आइसल्यान्डको फजलाबक नेचर रिजर्बमा यस्तै एउटा पहाड छ । यसले मौसमअनुसार आफ्नो रङ बदल्ने गर्छ । बेलायती फोटोग्राफर एन्डो लोरियाले एउटै पहाडको विभिन्न रङको तस्बिर एउटा म्यागजिनमार्फत सार्वजनिक गरेपछि यसले धेरैलाई अचम्ममा पारेको छ ।

यद्यपि, पहाडले कसरी रङ बदल्छ भन्ने खुलाइएको छैन । मौसमअनुसार हुने हिमपात, वर्षालगायत कारणले पहाडले रङ बदल्ने गरेको अनुमान गरिएको छ । ‘जाडोमा पहाडमा बरफ जम्छ ।

त्यतिवेला पहाडको रङ पूरै बदलिन्छ । त्यस्तै गर्मीमा टन्टलापुर घाम लाग्ने हुँदा पहाडको रङ बेग्लै हुन्छ । बरफ जम्ने र पग्लिने क्रममा पहाडको रङ पनि बदलिन्छ,’ समाचारमा भनिएको छ । यद्यपि, अरू पहाडमा गर्मी र जाडोमा पहाडको रङ यसैगरी किन बदलिँदैन भन्नेबारे केही खुलाइएको छैन । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Tuesday, November 4, 2014

खप्परको घर

एजेन्सी/ मानिसको मृत्युपछि उसको शरीरलाई जलाएर अथवा समाधिस्थ गरेर अन्तिम संस्कार गरिन्छ । तर, शवलाई अनन्त  कालसम्म घरमा राख्ने गरिन्छ भनेको झट्ट सुन्दा पत्याउन गाह्रो पर्छ । तर, अस्ट्रियाको हल्स्टाट सहरमा यस्तै हुन्छ ।


यद्यपि, त्यहाँका मानिसले रहरले शवलाई घरमा राखेका होइनन् । शवलाई समाधिस्थ गर्न ठाउँ अभाव भएपछि आफन्तको शव घरमा राख्न त्यहाँका मानिस बाध्य छन् ।

शव समाधिस्थ गर्ने ठाउँ पाउन छोडेपछि उक्त सहरमा एउटा घर बनाइएको थियो, जहाँ मानिसले आफन्तका शव राख्ने गरिन्छ । घरलाई ‘बोन हाउस’को नामले चिनिन्छ ।

१२औँ शताब्दीदेखि यसरी सो घरमा शव राख्न थालिएको विश्वास गरिन्छ । ‘त्यतिवेलादेखि बोन हाउसमा शव राख्न थालिएको हो । शवका कंकालहरू घरमा सुरक्षित राखिन्थ्यो । कंकाल कुन व्यक्तिको हो भन्ने पहिचान गर्न नाम पनि लेखिन्थ्यो । तर, कंकाल राख्ने चलन अहिले छैन,’ समाचारमा भनिएको छ ।

सन् १९५५ यता घरमा कंकाल राख्न बन्द गरिएको हो । त्यसअघिका कंकाल भने घरमा अझै भेटिन्छन् । अहिले घरमा १२ सयभन्दा बढी खप्पर छन् । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

डाइरेक्टरले कामुक देखिने हाउभाउ गर्न आग्रह गरेपश्चात लजाएकी ऐश्वर्या

एजेन्सी –

 बलिउड अभिनेत्री ऐश्वर्या राय हालै ४१ वर्षमा प्रबेश गरेकी छन् । उनको जन्मदिनको सेरोफेरोमा भारतीय सञ्चारमाध्यमले उनको स्वभावबारे चर्चा परिचर्चा गरेका छन् । ऐश्वर्यासँग लामो समय काम गरेका
सहकर्मीहरुलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले पहिले अलि लजालु स्वभावको भएको उल्लेख गरेका छन् । आफू सेक्सी देखिन्छु कि भन्नेमा समेत ऐश्वर्यालाई संकोच लाग्ने गरेको समाचारमा जनाइएको छ । उनीसँग विभिन्न विज्ञापनमा सँगै काम गरेका एक सहकर्मीले भने,‘पेप्सीको विज्ञापनमा देखिएपछि ऐश्वर्या एकाएक चम्केकी थिइन् । त्यो एडमा उनी भिजेको कपाल ,ओरेन्ज कलरको लिपिस्टिक र सेतो सर्टमा देखापरेकी थिइन् । त्यतिबेला डाइरेक्टरले कामुक देखिने हाउभाउ गर्न आग्रह गरेका थिए तर त्यसो गर्न ऐश्वर्याले निकै संकोच मानेकी थिइन् ।

’ पछिसम्म पनि ऐश्वर्याको अंग्रेजी निकै कमजोर रहेको उनीनिकट स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । ‘मिसवल्र्डमा सन् १९९४ मा उपाधि जितेपछि उनले अंग्रेजीमा राम्रो भाषण गरेकी थिइन् । तर सुरुमा उनको अंग्रेजी राम्रो थिएन । धेरै मेहनत गरेर उनले अंग्रेजी सुधारेकी थिइन्,आजको नयाँ पत्रिकामा खबर छ ।http://dearsansaarr.blogspot.co.il/

तपाईंको हत्केलामा ‘क्रस चिन्ह’ छ ? यो निकै अशुभ पनि हुन सक्छ

काठमाडौं । यदि हामीले हल्केलाको रेखाहरुका ध्यान दिएर हेर्ने हो भने त्यहाँ कुनै न कुनै चिन्ह देखिन्छ नै । लामा–छोटा रेखाहरुको मिश्रणमा कुनै चिन्ह बनेका हुन्छन् । ज्योतिष शास्त्रका अनुसार यस्ता चिन्हहरु कुनै निकै शुभको शंकेत हुन्छन् भने कुनै चिन्ह हानिकारक अवस्थाको शंकेतका रुपमा रहेका हुन्छन् ।
जीवन रेखा, हृदय रेखा, मस्तिष्क रेखा हत्केलाका महत्वपुर्ण रेखाहरु हुन् । यी रेखाहरुका बेलाबेलामा फेर बदल आइरहन्छन् । यस्तोमा विभिन्न स्थानमा क्रस चिन्हहरु देखिन सक्छन् । यदि कुनै व्यक्तिको हत्केलाको शनि क्षेत्र (माझ औंलाको तल) मा क्रस चिन्ह छ र भाग्य रेखालाई छोएको छ भने यो निकै अशुभ मानिन्छ ।
यस्ता व्यक्ति कुनै दुर्घटनामाको शिकार बन्न सक्दछन् । यदि शनि क्षेत्रमा मात्रै क्रश चिन्ह छ भने त्यो व्यक्ति निराशावादी बन्दछ ।
यदि कुनै व्यक्तिको हत्केलाको सुर्य क्षेत्र ( साइली औंला) को तल क्रश चिन्ह छ भने त्यस्ता व्यक्तिको जीवनमा कुनै न कुनै प्रकारको समस्या आइनै रहन्छ ।
सबैभन्दा छोटो औलाको ठिक तलको बुध क्षेत्रमा क्रस चिन्ह छ भने त्यस्ता व्यक्तिले इमान्दारीताकासाथ काम गर्ने मौका पाउदैनन् ।
यस्ता व्यक्ति काम टार्ने वा काम चोरीको शिकार बन्ने गर्दछन् । हत्केलाको मंगल क्षेत्रमा ( मध्य भाग) मा क्रस चिन्य भएका व्यक्तिहरु लडाँइ, झगडा गर्ने स्वभावका हुन्छन् ।
यदि कुनै व्यक्तिको औंलाको तल शुक्र स्थानमा क्रस छ भने उनीहरुले माया प्रेमकै कारण निकै दुख पाउछन् ।
यस्ता व्यक्तिलाई जीवनसाथीबाट सहयोग मिल्न सक्दैन । हत्केलाको चन्द्र क्षेत्रमा क्रस चिन्ह छ र उक्त चिन्हले मस्तिष्क रेखालाई पनि क्रस गरेको छ भने उसको कल्पना शक्ति कमजोर हुन्छ ।
तपाईं पनि हेरीहाल्नुस, आफ्नो हस्त रेखा । अनी थाहापाउनुहोस् आफ्नो भाग्य कस्तो रहेछ ।
www.nepalsandesh.com

नाङ्गो सुत्नाले वैवाहिक जीवन सफल

(एजेन्सी)– कुनै पनि सम्बन्ध राम्रो बनाउनका लागि त्यसको श्रेय धेरै कुराहरुलाई जाने गर्दछ । अझ श्रीमान् श्रीमतीको सम्बन्ध राम्रो बनाउन धेरै कुराको ध्यान पुराउनु जरुरी छ । तर कतिपय अवस्थामा यस्ता कुराहरु पनि हुन्छन् जसलाई तपाईंले कहिले सोच्नु पनि भएको हुँदैन । सानो–ठूलो जे भएपनि यस्ता कुराहरुले सम्बन्धमा निकै सकारात्मक असर पुराउने गर्दछ ।
भर्खरै गरिएको एक अनुसन्धाका अनुसार यदि तपाईं राती आफ्नो पार्टनरसँग नाङ्गो शरिर लिएर सुत्नुहुन्छ भने तपाईंको सम्बन्ध अझ राम्रो हुनेछ ।
विवाह गरिसकेपछि यदि तपाईं हरेक रात यस्तो गर्नुहुन्छ भने तपाईंले अरु साधारण दिनहरुभन्दा त्यो दिन विशेष महसुस गर्नुहुनेछ । राती लुगा लगाएर सुत्ने जोडिभन्दा नलगाई सुत्ने जोडिहरु एक अर्काप्रति सन्तुष्ट र खुसी हुने गर्दछन् ।
१००४ व्यक्तिहरुमा गरिएको उक्त अनुसन्धानमा ५७ प्रतिशत जोडिहरु राती नाङ्गै सुत्ने गर्दथे र उनीहरु आफ्नो जिन्दगीमा निकै खुसी भएको पाइयो । त्यस्तै ४८ प्रतिशत जोडिहरु राती सुरुवाल अथवा नाइट ड्रेस लगाएर सुत्ने गर्दथे । ३८ प्रतिशत मानिसहरु यस्ता पनि थिए जो हलुका कपडा लगाएर सुत्ने गर्दथे ।
ब्रिटेनका पोट्समाउथका ३३ वर्षीय म्याकेजीले आफू ६ वर्षदेखि श्रीमतीसँग नाङ्गै सुत्ने र आफ्नो जीवनमा निकै खुसी भएको बताए । उनलाई यसरी सुत्दा सजिलो पनि हुने बताए । उनी भन्छन् कि उनकी श्रीमतीपनि उनीसँग यस्तै अवस्थामा सुत्ने गर्दछिन् र उनीहरु आफ्नो जीवनमा निकै खुसी भएको बताए ।
अमेरिकाको एक कटन कम्पनीका मालिक स्टिफन थायरले भने कि सम्बन्ध राम्रो बनाउका लागि धेरै कुराहरुको सम्मिश्रण हुन जरुरी छ जसमध्ये यो पनि एक कारण हुनसक्छ । यसका साथै तपाईंको बेडरुमले पनि मुख्य भूमिका खेलेको हुन्छ । यदि बेड नरम छ भने मानिसहरु नाङ्गो भएर सुत्न रुचाउँछन् http://edailynewsnepal.blogspot.co.il/। भिडियो हेर्न तल क्लिक गर्नुहोस

आफ्नै भाउजुलाई बलात्कार गर्दागर्दै एक जना पक्राउ

राजविराज । एक महिलामाथि जबरजस्ती करणी गर्दागर्दै एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको मैनाकडेरी गाविस–८ का ३२ वर्षीय शिवराम खंग रहेका छन् ।
२० वर्षीया भाउजुलाई बलात्कार गर्दै गरेको अवस्थामा नाबालक देवरले देखेर हल्ला गरेपछि खंग रङगेहात पक्राउ परेका हुन् । उनी घरमा सुतिरहेकी भाउजुलाई मुख थुनेर बलात्कार गर्दै गर्दा पक्राउ परेका हुन् ।
पीडितको उजुरीका आधारमा प्रहरीले आरोपित खंगलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । पीडित महिलाको राजविराजस्थित अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको छ ।http://edailynewsnepal.blogspot.co.il/

भिडियो हेर्न तल क्लिक गर्नुहोस :