Sunday, October 26, 2014

सशस्त्र प्रहरी भन्दै केटी जिस्काउने युवक पिटिए

गौशाला:  महोत्तरीको जलेश्वरमा आफूलाई सशस्त्र प्रहरी भन्दै केटी जिस्काएका एक युवकलाई स्थानीयले मरणासन्न हुने गरी कुटेका छन् । कुटाइ खानेमा जलेश्वर नगरपालिका–४ बस्ने २५ वर्षीय सुनिल यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

शनिबार साँझ जलेश्वरको नगरपालिका चोकस्थित एक पान पसलमा रिचार्ज कार्ड किन्न पुगेकी एक केटीलाई एक युवकले आफू सशस्त्र प्रहरी भएको भन्दै जिस्काउन थालेको र हुँदाहुँदै शरीरसमेत छुन पुगेपछि स्थानीयले ती युवकलाई मरणासन्न गरी कुटेका थिए ।

केटी जिस्काएका युवक यादवलाई स्थानीयवासीले पछि अस्थायी प्रहरी पोष्ट नगरपालिकालाई जिम्मा लगाएका थिए । यता प्रहरीले आवश्यक अनुसन्धानका लागि युवक यादवलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएका छन् भने उनी सशस्त्र प्रहरी नरहेको र सशस्त्र प्रहरीको नाम बेचेको कुरा खुलेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।

प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार युवक यादवले आफू केटीलाई प्रभावित पार्न सशस्त्र प्रहरी भएको वताएका थिए ।
annapurnapost.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस